skip this
  • चितवन विशेष

    अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा सोमवार भरतपुरबाट बेपत्ता

    • भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी २४ बर्षिय सुदिप सापकोटा हिजो (सोमवार) साँझ ५ः१५ बाट बेपत्ता भएका हुन् ।

    अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा सोमवार नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा भरतपुरबाट बेपत्ता भएको बुबा गंगा सापकोटाले जानकारी दिए । “बजारमा किनमेल सकेपछि मैलेनै पुल्चोकबाट क्याम्पस गेट सम्मको म्याजिक चढाएर पठाएको हो,उनले भने’,म पुल्चोक बाट गौरिगन्जतर्फ लागे,बेलुका घर फर्कदाँ छोरो पुगेको रहेनछ   – बजार मा किन्मेल सकायर घर जाने क्र्‍म मा भरतपुर को बिरेन्द्र क्याम्पस गेट सम सापकोटा देखीयका भने खबर प्रतक्ष्य दर्सी ले दिय को भाई सन्दिप सापकोटा ले जानकारी दिय ।” उनले ५ बजेर १८ मिनेट पछि छोराको मोवाइल अफ भएको बताए । आज काठमाण्डौ जाने तयारी गरेको र ४ गते अष्ट्रेलियाको प्लाइट रहेको उनले बताए । सुदिपले भारतमा बसेर कम्प्युटर इन्जिनियरको पढाई सकेका थिए । वेपत्ता छोराको खोजी गरिदिन सम्पूर्णमा परिवारले आग्रह गरेको छ ।

    परिवारको निवेदनका आधारमा सापकोटाको खोजी कार्य तिब्र पारिएको चितवनका प्रहरी प्रमुख शुसिल सिंह राठौरले जानकारी दिए । उनले सबै नाकामा फोटो पठाएर खोजी कार्य तिब्र पार्न निर्देशन दिइएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु