skip this
  • चितवन विशेष

    चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी

  • चितवन : पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले चितवनको कृषि तथा वन विश्वविद्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।

     

    मंगलबार साँझ साढे सातबजे हुलदंगासहित विद्यार्थीले डीन र परीक्षा नियन्त्रकको कार्यकक्ष तोडफोड गर्दै विश्वविद्यालयमा आगजनी गरेका हुन्। प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ।

    घटनाबारे अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए। लामो समयदेखि विद्यार्थीले निजी कलेजलाई भर्ना अनुमति दिएको विरोध गर्दै आएका छन्।

    आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारी पक्राउ परेको एसपी राठौरले जानकारी दिए ।

    www.annpurnapost.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु