skip this
  • चितवन विशेष

    जीवनउपयोगी र व्यवहारिक शिक्षा : इलाईट एजुकेशनमा (संक्षिप्त अन्तरवार्ता)

  • कार्तिक : २८, भरतपुर, चितवन –

    चितवन मा नै पुरानो शैक्षिक केन्द्र को रूपमा विकसित इलाइट एजुकेशन फाउण्डेशन नेपाल जसले शैक्षिक क्षेत्र मा कार्य गर्दै आइरहेको थियो ।जुन अहिले चितवन का शिक्षाप्रेमी जनसमुदायको एक मात्र रोजाइ बन्न सफल भएको छ। त्यही संस्थाका Managing Director सुवास पराजुली सँग गरिएको विशेष संवाद।।।

    १) इलाइट एजुकेशन फाउण्डेशन नेपालको स्थापना कहिले र कसरी भयो?

    इलाइट एजुकेशन फाउण्डेशन नेपालको स्थापना २०७५/०४/०९ गते भरतपुर महानगरपालिकाको कार्यालयमा दर्ता गरी ५ महिना २५ गतेदेखि सञ्चालन गरिएको हो। र यसको स्थापना हामी विगत ६ वर्षदेखि शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न तालिम र अन्य तालिमहरु गर्दै आएका थियौं। यसरी तालिम दिइरहँदा शिक्षा क्षेत्रमा देखिएको समस्या र विद्यार्थीको आवश्यकतालाई हेरी एउटा संस्था दर्ता गर्नुपर्छ भन्ने सोच आयो त्यहि सोचका साथ केही साथीहरु मिली यसको स्थापना गर्यौ।
    २) इलाइट एजुकेशन फाउण्डेशन नै किन? च्याउ सरी थुप्रै ट्युसन सेन्टर हरु खुलेका छन्।

    अहिले बजारमा धेरै training center हरु छन् तर हामी इलाइट मा नै किन आउनु भन्छौ भन्दा इलाइट अन्यभन्दा फरक छ किनभने इलाइट एजुकेशन मा हामीले दिने कार्यक्रमहरूले गर्दा नै यो अरुभन्दा फरक छ। अहिले धेरै संस्थाहरु बजार केन्द्रित हुने गरेका छन् तर हामीले यस संस्थालाई बजारबाट अलि भित्र बालबालिकाको सहजता र अभिभावकको चाहना लाई बुझी भरतपुर ४ कटहर चोक मा खोलेका छौं ।
    बजारमा च्याउसरी थुप्रै ट्युशन सेन्टरहरु खुलेका छन् तर धेरै ट्युशन सेन्टरहरु धेरै विद्यार्थी जम्मा गर्ने र बढीभन्दा बढी नाफा कमाउने उद्देश्यका साथ खोलिएका देखिन्छन्। तर हामीले हरेक कक्षा मा सीमित विद्यार्थी राखी विद्यार्थीहरुलाई पढाउने र तालिम दिने गरेका छौं।फेरि हाम्रो संस्थामा विशुद्ध ट्युसन मात्र नभइ विद्यार्थीका आवश्यकता र अभिभावकको चाहनालाई मध्यनजर गरी अन्य जीवन उपयोगी कार्यक्रमहरु पनि राखेका छौँ जसको कारणले इलाइट एजुकेशन आउन जरुरी छ।

    ३) संस्थागतरुपमा कसरी अगाडि बढ्दै हुनुहुन्छ र हाल कति जनाले यस संस्थालाई अगाडि बढाउनुभएको छ?

    हामीले यस संस्थामा विभिन्न कार्यक्रमहरु ल्याएकाछौं जस्तै हस्तलेखन तालिम, गृहकार्य कक्षा एरोबिक्स र डान्स जस्ता विधाका कार्यक्रमहरु ल्याएका छौं। यसमा भएका कार्यक्रमहरूमध्ये हस्तलेखन तालिम, गृहकार्य कक्षा जस्ता कार्यक्रमहरु अन्य संस्थामा भएका कार्यक्रमहरु भन्दा अलि फरक र स्तरीय भएको हुनाले यो कार्यक्रमहरुले विद्यार्थीहरूको क्षमता बृद्धि विकासमा ठूलो टेवा पुर्याउने कुरामा हामी विश्वस्त छौं।हामीले यस्ता कार्यक्रमहरुलाई विद्यार्थीहरूको समयलाई मध्यनजर गरी बिहान बेलुका र बिदाका दिनमा सञ्चालन गरिरहेका छौं। हाल यस संस्थामा हामी चारजना संस्थापक रहेका छौं।
    ४) इलाइटनै भनेर आउने विद्यार्थी लाई कसरी उत्प्रेरणा जगाउनु हुन्छ?

    इलाइट एजुकेशन अन्य भन्दा फरक छ मैले अघिनै भनिहाले। अहिले हरेक मानिसहरु विज्ञापलाई मात्र नहेरी त्यहाँ दिइने सेवा र क्वालिटीलाई हेरेर आउने गर्छन। हामीले छोटो समयमा नै धेरै विद्यार्थीहरूको मन जितिसकेका छौं। हाम्रो लागि विज्ञापन भनेकै तिनै विद्यार्थी हुन्। हामीले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउन हाम्रा कार्यक्रमका फिचरहरुले नै काफी हुन्छ जस्तो लाग्छ। चितवन जिल्लामा नै पहिलो पटक हामीले हस्तलेखन सुधार तालिम सञ्चालन गरेका छौं यो विषय अन्य संस्थामा पाउनुहुन्न।
    ५) तपाईंको संस्थाले के कस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ।ताकि विद्यार्थीको र समग्र अभिभावकको मन जितियोस्?

    विधार्थीहरुकालागि कक्षा 3 देखि ब्याचलर लेवल सम्मका ट्युसन कक्षाहरु सञ्चालन गरेका छौं।त्यसैगरी हस्तलेखन sugar तालिम arabic dance गृहकार्य कक्षाहरु र विद्यार्थीहरूको लागि अत्यन्त उपयोगी र अभिभावकहरूको चाहनाअनुरूप हुनेगरी विधाका कार्यक्रमहरु समावेश गरेका छौं ।निकट भविष्यमा नै भाषाका कक्षाहरु र ब्रिज कोर्स पनि सञ्चालन गर्ने योजनामा छौं।
    ६) आगामी दिनमा कुन ढंगले संस्थालाई अगाडि बढाउने सोचमा हुनुहुन्छ?

    आगामी दिनमा पनि हामी अभिभावक र विद्यार्थीहरूको चाहनाअनुरूप नै अघि बन्ने योजना मै छौं। हामीलाई जुन-जुन कार्यक्रमहरु राखेका छन् यसलाई अझै बृहत बनाएर लागि बिभिन्न समुदायमा रहेका बालबालिकालाई कसरी सेवा दिन सकिन्छ भन्ने उद्देश्यले अन्य ठाउँमा पनि सेवा विस्तार गर्ने योजनामा छौं। त्यसैले हामीले हस्तलेखन तालिम संस्थामा र सम्बन्धित विद्यालयमा नै गएर दिने गरेका छौं।

    ७) ट्युसन सेन्टर , ट्रेनिङ प्रोग्राम, language, Homework class , Bridge course,Holidays program लगायत सम्पूर्ण कार्यक्रमहरु एउटै संस्थामा छ कत्तिको चुनौती छ?

    इलाइट एजुकेशनलाई हामीले कुनै एउटा विषयमा मात्र केन्द्रित नगरी अलि बृहत्तर रूपमा लैजाने सोचका साथ नै विभिन्न कार्यक्रमहरू ल्याएका छौं। यसको लागि चुनौती त छ तर अहिले जुनसुकै कार्यक्रम व्यवस्थित र स्थायी रुपमा लैजान चुनौती हुन्छ नै। तर पनि चुनौतीलाई सामना गर्नको लागि हामीले नयाँ सोच र विषय विज्ञताका साथ अघि बढेका छौं। हामीले जुनजुन कार्यक्रमहरु ल्याएका छौं ती कार्यक्रम सञ्चालन गर्नको लागि हामीले आफ्नो टिममा कार्य विभाजन गरी सहज र स्तरीय बनाउने कोसिस गरेका छौं। र हामीले दिने कार्यक्रमहरु अन्य संस्थामा दिइने भन्दा फरक र नयाँ भएको हुनाले हाम्रा कार्यक्रमलाई सबैले मनपराउनुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौं।
    ८) ट्युसन सेन्टर लगायत यस्ता किसिमका संस्थाहरुलाई मौसमी खेती पनि भनिन्छ, बेमौसमी बेलामा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ?

    पहिलो कुरा सबै संस्थाहरुलाई एउटै रुपबाट पनि हेरिन हुँदैन। हरेक संस्था आ-आफ्नै उद्देश्यका साथ खोलिएका हुन्छन्। हाम्रो संस्थाका कार्यक्रमहरुको अन्य संस्थाहरुका भन्दा फरक र स्तरीय भएका कारणले नै हाम्रो संस्था मौसमी खेतीको रुपमा सिमित रहँदैन।
    ९) अन्तमा सम्पूर्ण शिक्षाप्रेमी व्यक्तिहरुलाई के भन्न चाहनुहुन्छ?

    अन्त्यमा सर्वप्रथम म व्यक्तिगतरुपमा र संस्थाको तर्फबाट हजुर र हजुरको अनलाइन मिडियालाई धन्यवाद दिन चाहन्छु।सम्पूर्ण शिक्षाप्रेमी व्यक्तिहरुलाई म के भन्न चाहन्छु भने अहिले विद्यार्थीहरु विद्यालयमा पढ्न जाने गर्छन् तर उनीहरुले विद्यालयमा कत्तिको रुची लिएर परिरहेकाछन् भन्ने कुरा हामीले बुझ्न र जान्न जरुरी छ। विद्यार्थीहरु exam marks ल्याउँछन् तर उनीहरुमा व्यवहारिक ज्ञान भने त्यति भएको देखिँदैन। त्यसकारण अहिले विद्यार्थीहरू मा ज्ञानको पनि आवश्यकता भएको हुनाले त्यस्ता कुराहरूमा चासो हुनु जरुरी छ।
    अहिलेको आवश्यकतालाई हेरी यस इलाइट एजुकेशन फाउण्डेशन नेपालले विभिन्न कार्यक्रम ल्याएका छौं। त्यसैले आफ्ना बालबालिकालाई यस्ता कार्यक्रममा सहभागी गराउनु हुन अनुरोध गर्न चाहन्छु।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु