skip this
  • चितवन विशेष

    सुदिप सापकोटा तेह्रथुमको एक होटलमा भेटिए , अष्ट्रेलिया डकुमेन्ट फेक

  • चितवन, १ मंसिर । विगत ६ दिनदेखि बेपत्ता भएका चितवनको कालिका नगरपालिका वडा नं ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदिप सापकोटा तेह्रथुमको एक होटलमा भेटिएका छन् ।

    यही कात्तिक २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरिद गरी फर्कने क्रममा उनी भरतपुरबाट बेपत्ता भएका थिए । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदिप नारायणगढमा सपिङ गरेपछि सुटकेससहित बेपत्ता भएका थिए ।

    इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधी ज्ञवालीले अष्ट्रेलिया जानका लागी तयार पारेको डकुमेन्ट फेक भएको बताएका छन् ।  रहस्यमय तरिकाले हराएका सुदिपले प्रयोग गरेको आफ्नो सिम निकालेर वाइफाई मात्र अन गरेको र उक्त मोवाईलको आइ एम इ आई नम्वरबाट आफुले उक्त ब्यक्ति तेह्रथुमको एक होटलमा फेला पारेको डिएसपी ज्ञावलीले बताए ।

    हराएका सापकोटाले प्रयोग गरेको ल्याप्टपको डकुमेन्ट हेर्दा उनले सवै डकुमेन्ट फेक बनाएर अरुलाई झुक्याएर किन यस्तो गरे भन्ने बारे थप कुरा अनुसन्धानबाट खुल्ने ज्ञावलीले बताए ।  सुदिपका बुबा गंगा सापकोटाले सुदिप भेटिएको र लिनका लागि त्यसतर्फ प्रस्थान गरिएको डिएसपी ज्ञावलीले बताए ।

    http://www.abcnepal.tv

    सुदिपकाे फेक डकुमेन्ट

      

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु