skip this
  • नेपाल सेरोफेरो

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, यसकारण नेपालले घटाएन

  • काठमाडौँ,मंसिर ४-

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागे पनि नेपालमा भने इन्धन मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिए पनि भारतबाटै आउने मूल्यमा भने कमी आएको छैन । भारतले पटकपटक मूल्य समायोजन गर्दा नेपालमा दुर्इ महिनायता भने समायोजन भएको छैन ।

    अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ र डिजेल ४.१३४ भारु सस्तिए पनि नेपाल आयल निगमले भने मूल्य समायोजन गरेको छैन ।

    निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पोरेसनले एक महिनायता हरेक दिन तेलको मूल्य घटाएपनि निगमले मूल्य समायोजन नगर्नुमा संशय पैदा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु