
क्रान्तिकारीका केन्द्रिय सदस्य भट्ट र ईकाइ अध्यक्ष दाहाल निलम्वित


२९ कार्तिक,कालिका (राजु सापकोटा)–
तत्कालिन नेकपा माओबादी केन्द्र सम्बद्ध बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य आर.के भट्ट र कृषि तथा वन बिज्ञान बिश्व बिद्यालयका ईकाइ अध्यक्ष नगेन्द्र दाहाल निलम्वित भएका छन । केन्द्रको निति–निर्देशन बिपरित स्वेच्छाचारी ढंगले अघि बढेको ठहर गर्दै केन्द्रिय अध्यक्ष रञ्जित तामाङले भट्ट र दाहाललाई ३ महिनाका लागि निलम्वित गरेका हुन ।
बिश्व बिद्यालयमा जारी आन्दोलनलाई ३ वटै बिद्यार्थी संगठनले केन्द्रबाट समेत निगरानी गरिरहेको तथ्यसंग पूर्ण जानकार हुँदाहुँदै पनि केन्द्रिय सदस्य भट्ट र ईकाइ अध्यक्ष दाहालले त्यसलाई नजरअन्दाज गरेको तामाङको भनाई छ । बिश्वबिद्यालयको केन्द्रिय कार्यालय भवनमा भएको आगजनि र तोडफोड संगठनको कुनै योजनामा नरहेकाले यसलाइ हठात मानसिकताको उपज र उदण्ड कृयाकलाप बाहेक अरु केहि भन्न नसकिने अध्यक्ष तामाङले कालिका मिडियासंगको कुराकानीमा स्पष्ट पार्नु भयो ।
तामाङका अनुसार संगठनको कामलाई जारी राख्न तत्कालको लागि ईकाइ अध्यक्षको जिम्मेवारी गितेश जिसिलाई दिईएको छ । संगठनको बिश्व बिद्यालय संयोजकसहितका पदाधिकारीसंगको परामर्शपछि मात्रै भट्ट र दाहाललाइ निलम्वन गर्ने निर्णय भएको जनाईएको छ ।



लाखौँको क्षति हुनेँगरि आक्रमण गरिएकाले त्यसमा संलग्न भट्ट र दाहाललाइ कानूनी कार्वाही गर्ने काममा आँफु र संगठन कुनै पनि पक्ष प्रहरी प्रशासनसामु बाधक नबने अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो । संबन्धनको बिषयलाई लिएर तालाबन्दि चलिरहेका बेला गत कार्तिक २७ गते मंगलवार साँझ एकाएक बिश्व बिद्यालयको रामपुरस्थित केन्द्रिय कार्यालय भवनमा आगजनि र तोडफोड भएको थियो ।
यसअघि बुधवार साँझ अखिल, नेबिसंघ र अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्षले एक बिज्ञप्ति जारी गरि बिश्वबिद्यालयमा भएको घट्नाको निन्दा एवं भत्र्सना गरेका थिए ।