
निर्मलाका लागि न्याय : चितवनमा विप्लवको प्रदर्शन


कन्चनपुरकी छोरी निर्मला पन्तको गत श्रावण १० गते भएको बलत्कार र बलत्कार पछिको विभत्स हत्यामा संलग्न दोषिलाई कार्वाही गरी निर्मला पन्तलाई न्याय दिन नसकेको सरकारका विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे आयोजनामा गरिएको देशव्यापी विरोध र प्रद्धर्शन गर्ने कार्यक्रम अन्तर्गत भरतपुर महानगर कमिटिले आयोजना गरेको ¥याली हाकिमचोक देखि चौबिसकोटीसम्म भई विरोधसभामा परिणत भएको थियो ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी )का महासचिब प्रकाश शाहीले हत्यारालाई यथासक्य चाँडो कार्वाही गरियोस यदि यसो नभएमा हाम्रो पार्टी देशब्यापि रुपमा प्रद्धर्शनमा उत्रने चेतावनी पनि दिनुभएकाे छ । कार्यक्रमको संचालन गर्दै अखिल (क्रान्तीकारी) चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेले हजारौं विद्यार्थीले साथ दिनुभएकोमा आभार व्यक्त गर्दै अझै साथ दिनुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्नुभएकाे थियाे । भेला भएका विप्लव कार्यकर्ताले निर्मलाको हत्यारा चार महिनासम्म पनि पत्ता लगाउन नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
साथै चितवनकै खैरहनी नगरपालिका चैनपुरले चोकदेखि पर्सा चौबिसकोटी चोकसम्म ¥याली आयोजना गरी विरोध सभामा परिणत भएकाे छ । सो कार्यक्रममा कार्यक्रम संचालन अखिल नेपाल महिला संघकी अध्यक्ष अञ्जना तामाङले गर्नु भएको थियो भने विरोध भाषण महिला संघकी केन्द्रीय सदस्य सिंसम शाही र विद्यार्थी पश्चिम तामसालिङ व्यूरो अखिल क्रान्तिकारीका संयोजक अविरलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा हजारौं जनताको उपस्थिति रहेको थियो ।


