
सप्तगण्डकीमा स्वागत कार्यक्रम सम्पन्न (भिडियाे सहित)


भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पस मा अध्ययन गर्ने दोश्रो बर्षका विद्यार्थी हरुको आयोजनामा नब आगुन्तुक प्रथम बर्षका विद्यार्थी हरुलाइ स्वागत तथा नब नियुक्त भएका क्याम्पस प्रमुख हरुलाइ स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।
अमृत चापागाईं को सभापतित्व मा सम्पन्न भएको कार्यक्रमको संचालक प्रकाश घिमिरे , सपना पन्त र सबिन नेपालले सयुक्त रुपमा गरेका थिए । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती गरिएको थियो ।
सथै कार्यक्रमका प्रमुख अतिथि दोस्रो कर्याकालको लागि पुन नियुक्ति हुनुभएका सप्तगण्डकी बहुमुखी क्याम्पस का प्रमुख खेम नारायण सापकोटा रहनु भएको थियो ।
कार्यक्रममा नब नियुक्ति क्याम्पस प्रमुख तथा बरिस्ठ साहायक क्याम्पस प्रमुख हरु कृष्ण घिमिरे साहायक प्रमुख बिष्णु ज्ञावाली र साहायक क्याम्पस प्रमुख नारायण रेग्मी लाई स्वागत तथा शुभकामना प्रदान गरिएको थियो ।
तस्वीर प्रविन शर्मा


