skip this
  • चितवन विशेष

    सहास नेपालले गर्यो बाढीपहिरो पिडित लाई सहयोग 

  • धनराज सागर ,

    बाजुरा,  सहयोगी हातहरुको समूह (सहास नेपाल) बाजुराले बडिमालिका नगरपालिका ४ रिलाका बाढीपहिरो पिडितहरु लाई सहयोग गरेको छ । गाउँमा रहेका करिब १ सय ७२ परिवारलाई राहत स्वरुप बलाङ्केट र स्वीटर वितरण गरेको हो , चिसो मौसम सुरु भएसङ्गै चिसो बाट बच्न केही राहत होस् भन्ने उदेश्यका साथ उक्त राहत सामाङ्ग्री वितरण गरिएको हो।

    गएको भदौ महिनामा घरमाथिबाट आएको बाढीपहिरोले ५ जना परिवारको पुरै उठीबास भएको थियो भने गाउँका अन्य सबै परिवारहरु पहिरोबाट पूर्णरुपमा विस्तापित बनेका थिए ।

    वर्षातमा आएकोे बाढीपहिरोले घरमा भएका सबै गाईबस्तु र घरमा पूर्ण क्षेती पुगाएपछि कैले लवार लगायत अरु चार जनाको उठीबास भएको थियो । अहिले उनीहरुको गाउँको अवस्थाका बारेमा बुझेर पुरै वडाका १ सय ७२ परिवारलाई करिब चार लाख बराबरका ब्लाङ्केट र उनीहरुका बालवालिकाका लागि १ सय १० वटा स्वीटर वितरण गरेको सहास नेपाल बाजुराका प्रमुख रामबहादुर खत्रीले बताए ।

    समुदायमा रहेका विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई बुधबार एक कार्यक्रमको आयोजना गरेर गाउँमै पुगेर उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।

    वडामा रहेका सबै पिडितहरुका लागि विभिन्न समयमा राहत वितरण गरेपछि अाफुहरु निकै खुसि भएको र केही दिन भएपनि स्थानियहरु लाई सहयोग पुग्ने वडाका स्थानीय रामलाल उखेडाले बताए । वर्षातको समयमा गाउँनै उच्च जोखिममा हुने गरेको छ ।

    गाउँमा भएका सबै स्थानीयहरु जव वर्षातको समय सूरु हुन्छ तब उनीहरु बाढीपहिरोको त्रासमा बस्नु पर्ने बाध्यता रहदै आएको बडीमालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र नाथले गुनासो पोखे,उनलेे भने विभिन्न निकायहरुले सहयोग गरिरहेको मा म धेरै खुसि छु , उहाँहरूलाई धन्यवाद पनि दिन चाहन् र अब यो बस्तीलाई नै सुरक्षित ठाउँमा सार्नका लागि अा-अाफ्नो ठाउँबाट पहल गरिदिनहुन पनि अनुरोध गर्दछु ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु