
पाण्डेको जन्मदिन साहाराको घरमा


जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै तनहु घर भई हाल चितवन बस्दै आउनुभएकी सुदृष्टि पाण्डेले आफ्नो जन्मदिनको अवसरमा भरतपुर ११ सहाराको घर मा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेकि छन ।
नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर को Bsc Ag दोश्रो सेमेस्टर मा अध्यनरत रहेकि पाण्डेले २० औं जन्मदिनको अवसरमा सहाराको घर मा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेकि हुन । बालबालिकाहरु ले सुदृष्टिलाइ जन्मदिनको शुभकामना दिएका थिए । नेपाल पोलिटेक्निक इन्स्टिच्युटका प्रबन्ध संचालक ई. बाबुराम उपााध्यायले बिध्यार्थीहरुले नै यसकिसिमले जन्मदिन मनाएकोमाखुशि ब्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो , ‘युवा पिडीले पनि यसरी समाज सेवा गर्ने सोचका साथ जन्मदिन मनाउनु निकै राम्रो हो ।’ सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै सुदृष्टिले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको हिमाल बताइन ।



उनले भनिन , ‘ फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै युवाहरुमा सामाजिक उत्तरदायित्व बोध गराउनेउदेश्यले पनि आफ्नो जन्मदिन साहाराको घरमा मनाएको र आगामि दिनमा पनि मनाउछु ।’