skip this
  • चितवन विशेष

    सडक निर्माण का विषयमा अनावश्यक नाम जोड्न खोजियो : वडा अध्यक्ष बाबुराम अधिकारी(प्रेस विज्ञप्ति)

  • पौष ७, चितवन-

    भरतपुर महानगरपालिका वडा नं ११ मा बसेनीचोक देखि लामाटोल सम्म हुँदै गरेको सडक निर्माण को विषयलाई लिएर वडा अध्यक्ष लाई विवादमा पार्न खोजिएको प्रति वडा कार्यालय भरतपुर ११ र वडा अध्यक्ष बाबुराम अधिकारीले आफ्नो गम्भीर ध्यान आकर्षण भएको बताएका छन्।
    स्थानीय उपभोक्ता समिति गठन गरी बसेनीचोकदेखि लामाटोल सम्मको सडक निर्माण गरिएको अध्यक्ष अधिकारीद्धारा जारी विज्ञेप्तीमा जनाइएको छ ।
    बसेनी चोकदेखि लामाटोल सम्मको सडक कालोपत्रे गर्ने क्रममा निर्माण व्यवसायी पक्षबाट गम्भिर लापहरबाही भएको भन्दै वडा अध्यक्ष अधिकारीले भरतपुर महानगरपालिकाका प्राविधिकहरुको प्रत्यक्ष रोबहरमा निर्माणकार्य अघि बढाउने सहमती भएको प्रष्ट पारे।

        घटना लगत्तै   उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई समेत निर्देशन दिनसक्ने शक्तिशाली अनुगमन समिति गठन गरिएको महानगर प्रमुख र प्राविधिक टोलीलाई निरिक्षण गराइएको तथा निर्माण व्यवसायीलाई स्पष्टिकरण लिदै आगामि दिनमा गल्ती नदोहोर्याउन सचेत गराइएको विज्ञेप्ती मार्फत जनाइएको छ ।

    उक्त विज्ञप्तिमा घटनाकाे वारेमा आफ्नो कुनै प्रतिक्रियानै नलिई वडाअध्यक्षकाे संलग्नता भनी समाचार प्रशारण गर्नु पत्रकारिताकाे आचारसंहिता र भावना अनुसार छ छैन भनी सम्वन्धित पत्रकारलाई समेत प्रश्न गरिएकाे छ।

    हचुवाकाे भरमा वडाअध्यक्षलाई लगाईएकाे लाल्छनाप्रति स्थानिय टाेलसुधार समिति तथा उपभाेक्ता समितिले समेत घाेर  भत्सना गरेका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु