skip this
  • चितवन विशेष

    हेल्प फर हेप्पिनेस र नेप्लिज ब्रदर्स रूम (एनबिआर) द्वारा जाडोको कपडा वितरण

  • पुस ९, चितवन

    सामाजिक संस्था हेल्प फर हेप्पिनेस र नेप्लिज ब्रदर्स रूम (एनबिआर) ले ‘न्यानो बाडौं, खुशी साटौ’ भन्ने नाराका साथ इच्छाकामना गाँउ पालिकाका २ वटा बिद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । उनिहरुले गाँउ पालिकाका वडा न ७ मा अवस्थित राष्ट्रिय आधारभुत बिद्यालय उपरदाङगढी र राष्ट्रिय प्राथमिक बिद्यालय कापेमा अध्ययनरत बिपन्न विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् ।

    राष्ट्रिय आधारभुत बिद्यालय उपरदाङगढीमा आयोजित एक कार्यक्रमका बिच दुबै बिद्यालयका गरी ७४ जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हेल्प फर हेप्पिनेसका  संस्थापक नबिन तिवारीले बताए ।राष्ट्रिय आधारभुत बिद्यालय उपरदाङगढीका ४६ र राष्ट्रिय प्राथमिक बिद्यालय कापेका २८ गरी कुल ७४ जनालाई न्यानो कपडा बितरण गरिएको तिवारीले बताए ।

    उनिहरुलाई जाडोमा लगाउने ट्र्याकसुट, जुत्ता, मोजा र १-१ थान ब्लाङ्केट बितरण गरिएको एनबीआर का चितवन संयोजक मोहन भुषालले बताए । ‘उपरदाङगढीमा जाडोका कारण बिपन्न बर्गका बालबालिकाहरुलाई बिद्यालय जान समस्या भएको थाहा पाए पछी हामी अवलोकनका लागि २ हप्ता अघी यहाँ आएका थियौ ।

    हामीले सुनेको जस्तै जाडोको कारण बिपन्न बर्गका बालबालिकाहरु समस्यामा रहेछन्, त्यसैले हामी न्यानो कपडा लिएर आयौ – एनबीआरका चितवन संयोजक भुषालले भने ।’ जाडोकै कारण कोही पनि विद्यार्थीहरु बिद्यालय जानबाट बन्चित नहुन् भनेर नै आफुहरु न्यानो कपडा सहयोगको लागि आएको दुबै समुहका सदस्यहरुले बताए ।

    न्यानो कपडाको लागि स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी सस्था र उक्त सस्थामा कार्यरत कर्माचारीहरुले आर्थिक सहयोग गरेका थिए । यस्तै बिभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुबाट पनि सहयोग प्राप्त भएको एचएफएचका संयोजक तिवारीले बताए । बाँकी अपुग रकम भने दुबै समुहका सदस्यहरुबाट संकलन गरिएको थियो ।

    सोही अवसरमा दुबै बिद्यालयका बालबालिकाहरुलाई मनोरन्जन प्रदान गर्न बिभिन्न खेल खेलाईएको र उनिहरुलाई उपहार समेत बितरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु