skip this
  • चितवन विशेष

    कोरियामा नव गायक तथा सङ्गितकार कृष्ण कुमार राइ सगको सङ्गितिक गफगाफ

  • शुक्रराज आचार्य

     

    1-यहाँको बाल्याकाल कहाँ र कसरी बित्यो ? आफ्नो बारे थोरै बताइ दिनुहोस ,

    : बाल्यकाल पुर्ब धनकुटाको आहाले ३हर्दिया भन्ने गाउमा बित्यो मावलिमा बस्दै आफ्नो स्कुले जिवन बिताए त्यहाको डाडा पाखा छहरा सँग घास दाउरा गोठाल गर्दै आफ्नो बाल्यकाकाले गुजारेको थिए समग्रमा भन्नुपर्दा संघर्षपुर्ण अबस्थामै गुज्रीयो !

    2- बास्तबिक बिचारमा यहाँलाइ सङ्गित के हो जस्तो लाग्छ ?

    : संगीत यो नै हो भन्न सक्ने म मा त्यति कुनै ज्ञान त छैन तरपनि मैले नितान्त ब्याक्तिगत रुपमा बुझेको कुरा संगीत यस्तो तत्व हो जुन शब्द र भावना सँग खेलेर या आफै मिठो धुन बनेर मानिसको मन मस्तिष्कमा प्रभाव जमाउने यस्तो ध्वानी हो ! यो आफैमा शक्तिशाली भइदिन्छ र हरेक मान्छेको अन्तरात्मालाई स्पर्श गर्न सक्ने क्षमता राख्छ ! जुन जिवन यात्राका बिभिन्न आरोह अबरोहहरु बाट प्राप्त , सुख दुःखको सम्यममा , आशु हासो र खुसिको उपहासमा , अनि दुख पिडामा रुप र रोधनको भाषालाइ ब्यक्त गर्ने जिवन्त लय र धुनको प्रतिबिम्बतको हो सङ्गित !

    3- यहाँको यस अगि केहि गितहरु लगायत भर्खर पनि नया गितहरु रिलिज भएका छन यसमा दर्शक श्रोता बाट कस्तो प्रतिकृया पाउनु भएको छ ?

    : हजुर ! यस अगि पनि केहि गितहरु सार्बजनिक गरे लगत्तै साथि , शुभचिन्तक लगायत धेरै श्रोताहरु बाट थुप्रैसकारात्मक सल्लाह र न्यानो हौसला प्राप्त भयो ! तसर्थ गित सङ्गितमा केहि नयाँ गरु जस्तो लाग्यो अहिले भर्खर नया गित “सक्की गो नि त” र आधा रातमा भन्ने बोलको गित हाल्सालै रिलिज गरेकोछु जसमा मेरो र संगीत रहेको छ ! अरु केहि गित हरु पनि गर्दैछु आशा छ यि गितलाइ पनि मन पराइदिनुहुने छ र हामी जस्तो नया सिकारु कलाकारलाई यहाँ हरुको साथ सहयोग र हौसलाको सदा खाचो रहन्छ ,

    4-हाल कामको शिलशिलामा द.कोरियामा हुनुहुन्छ कार्य ब्यस्तताका बाबजुद पनि यहाँको साङ्गीतिक यात्रामा निकै सकृय र निरन्तरता देखिन्छ ! यस्तो किसिमको माहोल प्रवासमा कसरी सम्भव र कतिको सहज रहन्छ ?

    : कार्य ब्यस्तता बापजुत पनि साथिको साथ हौसला र नितान्त मायाले यो कुरा सम्भव भइरहेको हो भन्ने महुशुस गरेको छु ! त्यती सक्रिय हैन फाट्ट फुट्ट चाही आईरहेको छन संगीत क्षेत्रमा ज्ञान त्यति नहुदा नहुदै पनी यो नशामा भिजेर जबर्जस्ति गितलाई लय हाल्ने मुर्खाई म मा हाबी भएर नै सम्भव भइरहेको छ जस्तो लाग्छ ।

    5- तपाइ एक नव गितकार संगीतकार, र गायक पनि हुनुहुन्छ ! बास्तबमा आफुलाइ कुन रुपमा प्रस्तुत गर्न रुचाउनु
    हुन्छ ?

    : सुरुमा त गित गायन बाटै आफु लाइ स्थापित गर्न खोजे तर बिस्तारै बिस्तारै जानेर या नजानेर आत्मादेखी निक्लिएको भावनाको धुनलाई ताल या बेतालमा सुर या बेसुरमा आफुलाई सङ्गितकारका रुपमा जबर्जस्ति प्रस्तुत गराईरहेकोछु ! तथापि यि दुबै पाटा मेरा रुचिका बिसय हुन ! एउटा गायकले सङ्गितमा पनि उतिकै जिवन दिन सक्छ ! म भने आगामी दिन हरुमा अलि सिकेर बुझेर लाग्ने कोशिस गर्छु तर पनि कोरियाको कार्य ब्यस्तताले गर्दा सोचे जति सहज र सम्भव भैरहेको छैन ,

    6-नब आगन्तुक स्रष्टा लाइ के भन्न चाहानु हुन्छ ?

    : नया भाई बैनिहरुलाई यो क्षेत्रमा सिकेर बुझेर लाग्नुहोस भविष्य उज्ज्वल छ नसिकी नबुझी चाही पक्कै जुनै क्षेत्रमा गाह्रो हुन्छ तर पनि संगीत भनेको सङ्गत हो लाग्दै गए पछी बुझ्दै गइन्छ सिक्दै गइन्छ ! जुन रुचि र साधनाका साथ निरन्तर रुपमा लागिरहनुहोस भन्छु

    7- अन्तमा भन्न छुटेका कुरा ?
    : केहि गितहरु लगायत भर्खर ”सक्की गो नि त” र ”आधा रातमा बिउझिएर ”भन्ने बोलका आधुनिक गित सार्बजनिक गरेको छु पक्कै पनी हेरेर सुझाव सल्लाह साथ सहयोग माया गर्दिनु होला भन्ने आशा राखेको छु ! दर्शक स्रोता बिना म कोही नै हैन तपाईहरुकै साथ सहयोग माया हौसलाले नै निरन्तर यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ अन्तमा मेरो बिचार राख्न मौका दिनु भएकोमा तपाइको अनलाइ न्युज प्रति अनि मिठो भलाकुसारीको लागि यहाँप्रति पनि धेरै धेरै आभारी छु धन्यवाद !

    अनलाइन अन्तरबार्ता
    प्रोस्तोता – डिकर्ण मल्ल
    अथिति – कृष्ण कुमार राई

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु