skip this
  • चितवन विशेष

    क्रिसमस मनाउन चितवन झरे ढकाल

  • पुष ९, चितवन । सांगितक क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाल क्रिसमसको अवसर पारेर चितवन आउने भएका छन । नारायणगढको लायन्सचोकमा रहेको मान्द्रो टिपिकल चुल्होको निमन्त्रणामा उनी यहांँ आउने भएका हुन । डिसेम्बर २५(पुष १०)को सांँझ उनले विभिन्न आधुनिक सुगम संगीतको साथ दर्शकलाई मनोरञ्जन दिइने रेष्टुरेण्टका सञ्चालक राजन पौडेलले जानकारी दिए । ढकालको प्रस्तुति हेर्नका लागि रु ५०० को टिकटको व्यवस्था मान्द्रो बाटनै भइरहेको पौडेलले बताए । उनका अनुसार ग्राहकले सांगितिक वातावरणसहित विभिन्न परिकार र पेयपदार्थसहित मनोरञ्जन लिन सक्नेछन ।परिवारका साथ चितवन आउन लागेका ढकालले सम्पुर्ण चितवनवासीलाई शुभकामना दिदै आफ्नो प्रस्तुति हेर्नका लागि समेत भिडियो मार्फत निमन्त्रणा गरेको छन । यसभन्दा पनि अघिपनि यहांँ राष्ट्रिय कलाकारहरु हेमन्त शर्मा र आनन्द कार्की, कुन्ती मोत्तान , शिव परियार, संजीव क्षेत्री,नेपाल आइडलका मीनराज पौडेल लगायतले मान्द्रोमा आफ्नो प्रस्तुति दिइसकेका छन । कार्तिक बाट सञ्चालनमा आएको मान्द्रोमा टिपिकल नेपाली संगीतका पारखीहरुको भीड लाग्ने गरेको छ्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु