skip this
  • चितवन विशेष

    फोर्ड गाडीको आधिकारिक बिक्रेताको शाखा कावासोतीमा खुल्यो

  • कावासोती / फोर्ड गाडीको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले कावासोतीमा नयाँ शो रुम खोलेको छ । युवा उद्यमी एवम् समाजसेवी निर्देश सेढाईले चितवनमा मुख्य शो रुम रहेको मोटर्सको शाखा कावासोतीमा पनि सञ्चालनमा ल्याउनु भएको हो । कावासोतीको कालिगण्डकी चोक नजिकै सञ्चालनमा आएको शो रुमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

    गायक रामकृष्ण ढकाल र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले संयुक्त रुपमा शो रुमको उद्घाटन गर्नुभएको हो । फोर्ड कम्पनिका ईकोस्पोर्ट, फ्रिस्टायल, फिगो, फिगो एस्पायर, रेञ्जर र ईन्डेभर गाडी कावासोतीको शो रुममा बिक्री गरिने सञ्चालक सेढाईले बताउनुभयो । पछिल्लो समय ईकोस्पोर्ट र फ्रिस्टायल गाडी ग्राहकको रोईजामा पर्ने गरेको छ ।

    ७ कलरमा उपलब्ध फोर्डका गाडीहरु मध्ये ईकोस्पोर्ट नै बढि बिक्री हुने सेढाईले बताउनुभयो । ईकोस्पोर्ट कार फुल अप्सन मोडमा रहेको छ । इकोस्पोर्टको ग्राउण्ड क्लियरेन्स दुई सय मिलिमिटरको छ । यस कारमा ३.५ इञ्चको एमएफडी स्क्रिन प्रयोग गरिएको छ ।

    यसको ह्विलहरु १६ इञ्चका एल्लोइले बनेका छन् । यस कारको टर्निङ रेडियस ५.३ मिटरको छ । कारको क्लस्टरमा फ्युल कम्प्युटर जडान गरिएको छ । एन्टि लक ब्रेकिङ सिस्टम जडान गरिएको यस कारमा स्टिरिङ ह्विल अडियो कन्ट्रोल रहेको शो रुमले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु