
माडीको धार्मिक तथा एतिहासिक क्षेत्र सोमेश्वरगढीको गुरुयोजना तयार


पुस ९-चितवनको माडीस्थित धार्मिक तथा एतिहासिक क्षेत्र सोमेश्वरगढीको गुरुयोजना तयार भएको छ । माडी नगरपालिकाले सोमेश्वरगढीलाई पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिएको हो ।दश वर्षीय गुरुयोजना निर्माणको जिम्मा आर एण्ड आर इञ्जिनीयरिङ कन्सल्टेन्सीलाई दिइएको थियो । आइतबार एक कार्यक्रमकाबीच सो कन्सल्टेन्सीका प्रमुख इञ्जिनीयर डा. राजन सुवालले माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई गुरुयोजना हस्तान्तरण गर्नुभयो । रु ६ लाख ५० हजारको लागतमा निर्माण गरिएको सो गुरुयोजनालाई दुई भागमा विभाजन गरिएको छ ।