skip this
  • फिचर

    कार्यकर्तालाई सरकारको खिलाफमा उत्रन देउवाको निर्देशन

  • काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार गणतन्त्र सिध्याउनतर्फ लागेको आरोप लगाएका छन् । उनले सरकार प्राप्त उपलव्धि मास्न लागेपछि लोकतन्त्र र संविधान जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको पनि दावी गरे ।

    सोमबार ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काँग्रेसले काठमाडौमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्र जोगाउनकै लागि  काँग्रेसको जन्म भएको भन्दै अरु दल र वर्तमान सरकारबाट त्यो सम्भव नहुने ठोकुवा गरे ।

    ‘काँग्रेसको जन्म प्रजातन्त्र जोगाउनकै लागि भएको हो । तर, पछिल्लो समय सरकारका कारण प्रजातन्त्र सकिने संकेत देखिएको छ’ सम्बोधनका क्रममा देउवाले भने, ‘महामसमितिबाट उर्जाशिल भएका काँग्रेस कार्यकर्ताले यसबारे सोच्ने बेला भएको छ ।’ उनले काँग्रेस कार्यकर्ताहरुलाई सरकारको खिलाफमा उत्रन आव्हान समेत गरे । ‘अहिलेको अवस्था विकास र सम्बृद्धिमा लाग्ने हो । हामीलाई आन्दोलनमा जाने इच्छा पनि थिएन । तर सरकारले लोकतन्त्र खतारामा पारेकाले लोकतन्त्र जोगाउन संघर्षमा जान बाध्य बनायो ।’

    सभापति देउवाले अब काँग्रेसले मेलमिलाप सरकारसँग नगरी जनतासँग गर्ने पनि बताए । ‘जनताका आवाश्यक्ता र अधिकार दिलाउन काँग्रेस तयार छ । संविधान काँग्रेसले बनायो, कार्यन्वयन गर्यो र जोगाउने काम पनि काँग्रेसले नै गर्छ सरकारबाट जोगिदैन’ देउवाको भनाई थियो ।

    स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला २०३३ सालमा प्रजातन्त्र जोगाउनकै लागि मेलमिलापको नीति बोकेर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले मुलुक संकटमा परेका बेला जोगाउने काँग्रेसमात्र भएको दावी गरे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु