skip this
  • फिचर

    राप्रपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शर्माको निधन

  • पुस १६, २०७५

    काठमाडौं – राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी संयोजक कमलादेवी शर्माको सोमवार निधन भएको छ ।

    पूर्वराज्यमन्त्री शर्माको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको राप्रपा प्रजातान्त्रिकका सहायक प्रवक्ता किरण गिरीले लोकान्तरलाई जानकारी दिए


    तत्कालीन राप्रपा नेपालको तर्फबाट उनी २०७० सालको संविधानसभामा कास्कीबाट समानुपातिक सांसद् थिइन् । पूर्ववर्ती शेरबहादुर देउवा सरकारमा उनी वन राज्यमन्त्री थिइन् ।

    उनको आजै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । शर्माका तीन छोरी र एक छोरा छन् ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु