skip this
  • चितवन विशेष

    ब्राइट स्टार समाज नेपाल चितवनको प्रथम साधारणा सभा सम्पन्न

  • महेश  सापकाेटा,भरतपुर

    ब्राइट स्टार समाज नेपाल चितवनको प्रथम साधारणा सभा आज शनिवार संस्थाको कार्यालय क्षेत्रपुरमा सम्पन्न भएको छ ।
    साधारण सभाका प्रमुख अतिथि भरतपुर महानगर पालिका वडा नं २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले असहाय बालबालिकाहरुलाई संरक्षण गरेर ब्राइट स्टार समाजले अनुकरणीय कार्य गरेको भन्दै संस्थाको विकासका सबैले साथ र सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    यसैगरी नेपाल पत्रकार महासंघ चितवनका सचिव एवं प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपालले असाहय र अनाथ बालबालिकाहरुलाई संरक्षण गरी आवास र शिक्षाको व्यवस्था गर्ने काम चुनौतिपूर्ण रहेको भन्दै सहासिक कार्य गरेकोमा संस्था र संस्थाका अध्यक्ष दामोदर देवकोटालाई बधाई दिदैं आवश्यक सल्लाह र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    ब्राइट स्टार समाज नेपालका अध्यक्ष दामोदर देवकोटाको अध्यक्षतामा सम्पन्न प्रथम साधारण सभाको उद्घाटन समारोहमा बाल गृहहरुको महासंघ नेपाल चितवनका अध्यक्ष विष्णु परियार, संस्थाका उपाध्यक्ष, दिपक प्रसाई , गणेस्थान मन्दिर व्यवस्थापन समितिका सचिव रेशमलाल सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
    साधारण सभाले संस्थाले सचिव रुद्रप्रसाद वाग्लेले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषध्यक्ष मनिता सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन आवश्यक संशोधन गरी पारित गरेको छ ।
    कार्यक्रममा संस्थामा आश्रित बालबालिकाहरुले गीत र विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु