धादिङ पुस २० । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धादिङको अध्यक्षमा अर्पण तामाङ  चयन भएका छन् ।

धादिङबेसी बीचबजारमा एक भव्य समारोहका बीच २३ औं जिल्ला सम्मेलन सम्पन्न गरेको अखिल क्रान्तिकारी धादिङले अध्यक्ष तामाङको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

सम्मेलन उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरो इन्चार्ज आधारले नेपालमा कम्युनिष्टहरुको दुईतिहाईको सरकार बन्यो, अब केहि हुन्छ भन्ने भ्रम छरिएको बताउँदै यो ब्यवस्थाबाट जनताको हित कुनै पनि कोणबाट नहुने भन्दै समृद्धिका नारा जनता झुक्याउने खेल मात्र भएको बताएका थिए । निशुल्क शिक्षा अहिले कहाँ छ ? जिवन मुखि शिक्षा कहाँ छ ? विभिन्न बहानामा पैसा उठाउने अनि निशुल्क भन्ने ? भ्रष्टहरु जन्माउने यो व्यवस्था परिवर्तनका लागि एकीकृत जनक्रान्तिको विरुवा रोपिएको हो जनताको साथ र सहयोगले दलालहरु आत्तिन सुरु भैसकेको उनले बताएका थिए ।

यस्तै अखिल (क्रान्तिकारी) केन्द्रिय महासचिव प्रकाश शाहीले अबको शैक्षिक मुद्धाको नेतृत्व अखिल (क्रान्तिकारी) गर्ने बताएका थिए । शैक्षिक विभेद र गुणस्तरीय शिक्षा आफ्नो संगठनको मुद्धा भएकोले सम्पुर्ण विद्यार्थीहरुको हितका लागि अखिल (क्रान्तिकारी) सडकमा बाघ भएर उत्रदै गरेको बताएका थिए ।

अटल शर्माको सभापतित्वमा भएको सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरो इन्चार्ज आधारको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) केन्द्रिय महासचिव प्रकाश शाही विशेष आतिथ्यता, नेकपा रसुवाका सेक्रेटरी चेरोङ तामाङ, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा पश्चिम ताम्सालिङ ब्यूरो  इन्चार्ज बद्री अधिकारी अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा धादिङको पुर्व अध्यक्ष अटल पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

निर्वाचित कार्य समिति
अध्यक्ष -अर्पण तामाङ
उपाध्यक्ष -मनोज घले
सचिव -निर्मल रिमाल,
सह सचिव -सुनिता तामाङ
कोषाध्यक्ष -राजेश सिंखडा

सदस्यहरु (तीन सदस्य पछि छपिने)
सुजन तामाङ , भिमसेन श्रेष्ठ, गिरिराज दुवाडी, शिशिर विसुन्के, अप्सरा ढुङ्गाना, गिता श्रेष्ठ, शन्देश घले, राधिका तामाङ, शैलेस गुरुङ, शेखर तामाङ, जीवन घले, एसीया तामाङ, शिसिर गुरुङ