skip this
  • चितवन विशेष

    काम नलाग्ने भनेकै कसिङ्गार हो : सुजन लामा

  • विगत लामाे समय देखि सामाजिक अभियानमा सक्रिय युवाकाे नाम हाे सुजन लामा , उनकाे बुझाइमा यस्ताे छ देशकाे अवस्था सबैले एक पटक अध्ययन गरेर  सुझाव दिन अनुराेध गरिन्छ ।

    कसिङ्गारको थुप्रोले सुन्दर देश डुङ्ग डुङ्ग गनाउने भएको छ कसिङ्गारको थुप्रो सफा गर्ने बेला भएको छ । नेपालि जनताहरु भिख माग्ने अबस्थामा पुगेका छन् ।  युवाहरु लाचार हुँदै बिदेशी दास बन्न पुगेका छन् । आमा दिदिबहिनीहरुको इज्जत जाेगाउन गार्याे  छ ।  बिहान उठे देखि बेलुका सम्म मजदुर श्रम गर्दापनी छाक टार्न गार्याे छ , अनि सकि नसकी जनताले पालिदिनु पर्ने ? जनताले मानी दिनुपर्ने ? निर्मला पन्त जस्ता सयौं दिदिबहिनीको बलात्कार पछि हत्या हुन्छ दोषी लाई कार्वाही गर भन्दा जनतालाई दमन गर्ने गोलिहान्न्ने यो कहाँको न्याय हो ? जब कुनैपनी तरिकाले जनताको हुदैन जनताको काम आउदैन त्यो सरकार हैन कसिङ्गार हो,  काम नलाग्ने भनेकै कसिङ्गार हो, तेसैले सम्पुर्ण राष्ट्रवादी शक्ति अनि युवाहरूले अब कसिङ्गार सफा गर्ने बेला भएको छ ।  एक भएर सफा गर्न अनुरोध गर्दछु , सिमाना मिचिन्छ बोल्दैन सरकार देश टुत्राउने अभियान चल्छ आँखा कान थुनेर बस्छ र  सरकार उल्टै देशध्रोही र दलालहरुको रक्षा गर्छ , देश गहभरी आँसु लिदै टुलुटुलु सपूत खोजिरहेछ , अब म चुप बस्नुहुदैन म कचडा र कसिङ्गार सफागर्ने अभियानमा उभिने छु र जनतको सत्ता निर्माण गर्न अन्तिम सास सम्म हटेर हैन डटेर बढ्ने छु , आज देशको अबस्थाको कारण क्रान्ति अनिवार्य छ तेस्मा मेरो पूरा साथ छ ! अपुरो छ सहिदका सपना हामिले पूरा गर्नु छ , भ्रष्ट अनि दलालहरुलाई हामिले ठेगान लाउनु छ !!!

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु