
१० फोटोमा हेर्नुस् चन्द्रागिरिमा हिउँको मज्जा


काठमाडौं नजिकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा आज हिउँ परेको छ। पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात परेको हो। ।
काठमाडौँमा भने बिहान ९ बजेदेखि हल्का वर्षा समेत भएको थियो। दिउसो भने घाम लागेको छ। काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो।
राति देशको पश्चिमी भूभागममा आंशिक बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने छ। मध्य र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनाका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



डाँडामा हिउँ खेल्न पुगेका युवायुवतीको खुसी क्यामेरामा कैद गर्न अन्नपूर्ण पोस्ट्का फोटोपत्रकार दिपेन श्रेष्ठ काठमाडौं नजिकैको चन्द्रागिरि पुगेका थिए।
हेर्नुस् दिपेनले खिचेका फोटोहरूः