skip this
  • फिचर

    सरकारले गर्यो सहकारी अभियानको घोषणा

  • काठमाडौं– सरकारले ‘सहकारी अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ सञ्चालन गर्ने घोषणा गरेकी हुन् ।

    बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारी अभियान सञ्चालनका लागि आवश्यक योजना र कार्यक्रम तय गर्न पनि सहकारी संस्थाहरुलाई आह्वान गरिन् ।

    मन्त्री अर्यालले सहकारी क्षेत्र मुलुकको समृद्धि र गरिबी निवारणको आधारको रुपमा रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । मन्त्री अर्यालले समृद्धिको सपना बोकेर हिँडेको सहकारी क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार ढुक्क रहेको पनि बताइन् ।

    नेपालमा करिब ३४ हजार ५ सय सहकारी संस्थाहरु रहेका छन् । ती संस्थाहरुसँग सहकार्य गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री अर्यालको योजना छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु