skip this
  • चितवन विशेष

    विश्वकर्मा सेवा समिति सामाजिक कार्यमा सक्रिय

  • माघ १२,चितवन

    जायश्वर आचार्य

    विश्वकर्मा सेवा समिति भरतपुर १४ द्वारा शुक्रबार आयोजित कार्यक्रम मा स्थानीय ५ वटा विद्यालयका कक्षा ५ मुनिका विपन्न गरीब विद्यार्थी हरुलाई स्टेशनरी वितरण ,स्थानीय अपाङ्ग बालबालिका लाई आर्थिक सहयोग र सम्पर्क कार्यालय उद्दघाटन कार्यक्रम सम्पन्न गरेको छ।
    करिब १३० जनाको उपस्थिति रहेको सो कार्यक्रम को सभापति को रूपमा विमला बि.क. रहनुभएको थियो।

    सो कार्यक्रम को प्रमुख अतिथि को रूपमा भरतपुर १४ का वडा अध्यक्ष ओम प्रकाश पोखरेल रहनुभएको थियो। कार्यक्रम को विशिष्ठ अतिथिको रुपमा प्रेम गोतामे बि. क. ,देवी बि.क.,लक्षुराम विश्वकर्मा,भीम बहादुर विश्वकर्मा,मधुसुदन सापकोटा र अतिथि को रूपमा गंगा बहादुर गौतम,भरतपुर १४ का विभिन्न टोल का अध्यक्षहरु,विभिन्न विद्यालयका प्रध्यानाध्यापक हरु रहनुभएको थियो।

    कार्यक्रम को उदेश्य विश्वकर्मा लगायत उत्पीडित जातिहरूको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको लागि अभियान सञ्चालन गर्ने,जातीय छुवाछतको विरुद्ध अभियान सञ्चालन गर्ने र महिला हिँसा,लागूपदार्थ दुर्व्यसनी लगायतको विषयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयहरु रहेको सल्लाहकार समितिका संयोजक लछुराम विश्वकर्मा ले जानकारी दिनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु