skip this
  • चितवन विशेष

    समझदारी सहकारी ले आफ्नो ११औं वार्षिकोत्सव भव्यताकासाथ मनाउदै

  • माघ १३,भरतपुर –

    जायश्वर आचार्य :-

    भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनि स्थित समझदारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको छ।

    वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा आज शनिबार खुल्ला रक्तदान कार्यक्रम र बाल बचतकर्ता हरुबीच विविध खेलकुद कार्यक्रम आयोजना गरिएको हो।
    शनिबार सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष समाजसेवी युवराज पौडेलले गर्नुभएको थियो।कार्यक्रम को प्रमुख अतिथिको रुपमा संस्था का सल्लाहकार तथा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ ली का अध्यक्ष हरिशचन्द्र सुवेदी रहनुभएको थियो। र उक्त कार्यक्रम को संयोजक प्रकाश भट्टराई रहनुभएको थियो।
    शनिबार भएको कार्यक्रम मध्य रक्तदान कार्यक्रममा ३० पुरुष र ५ महिला गरी ३५ जनाले रक्तदान गरेका छन्।

    साथै शनिबारनै बाल बचतकर्ताहरुबिच विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिएको छ।पहिलो पाचँ वर्ष सम्मका बाल बचतकर्ता हरु बिच सम्पन्न गुच्चा टिप्ने प्रतियोगिता मा प्रथम , द्वितीय र तृतीय क्रमश: प्रतिज्ञा अधिकारी, कायरा तिमिल्सिना र इसानी पाण्डे भएका हुन।त्यस्तै पाँच वर्ष देखि दस वर्ष सम्मका बालबचत कर्ताहरु बीच भएको मिठाई दौड प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय क्रमश: अभिनव पण्डित,खुस्बु कुँवर र किरण तिवारी भएका हुन। र दश वर्ष देखि पन्ध्र वर्ष सम्मका बाल बचत कर्ताहरुबिच भएको चम्चा दौड प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय क्रमश: विनिसा बानियाँ,रश्मी ढकाल र संदेश पौडेल भएका हुन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु