
नेबिसंघ चितवन द्वारा मशाल जुलुस, प्रहरी सँग झडप


माघ – १९, चितवन-
नेपाल विद्यार्थी संघ चितवन ले मशाल जुलुस को आयोजना गरेको छ।
केपी शर्मा ओली को नेतृत्व मा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारका विरुद्ध मा बिहीबार र शुक्रबार मशाल जुलुस को आयोजना गरिएको नेबिसंघ का जिल्ला नेता साजन गुरुङ्ग ले जानकारी दिनुभयो।
नेता गुरुङ्ग ले जानकारी दिँदै हाल को सरकार ले दमन र झूट को राजनीति गरेको र २४ दिन सम्म आइपुग्दा पनि डा गोबिन्द केसीको माग बारे कुनै चासो नदिएकाले यो जुलुस को आयोजना गर्नुपरेको बताए।
मशाल जुलुस मा प्रधानमन्त्री केपी शर्मा ओली को पुत्ला दहन गरिएको थियो र त्यही क्रम मा प्रहरी ले मशाल खोसेको उनीहरूको आरोप छ।मशाल खोस्ने क्रम मा प्रहरी र नेबिसंघ का कार्यकर्ता बीच मैयाँ देवी कन्या कलेज अगाडि केहीबेर तनाव भएको थियो।


