skip this
  • चितवन विशेष

    बोलेरो गाडीको ठक्करबाट एक स्कुले  बालकको मृत्यु, स्थिति तनावग्रस्त

  • रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१० स्थित निपनी चोकमा बोलेरो गाडीको ठक्करबाट एक  स्कुले  बालकको मृत्यु  भएको छ ।

    बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका  लाइसियम स्कुल अध्ययनरत  १३ वर्षीय वसन्त थापामगरको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान १०ः०५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोमबार बिहान ९ः३० बजे लाइसियम स्कुल गइरहेको अवस्थामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको सुलभ मार्केटिङ सप्लायर्स रत्ननगरको बोलेरो गाडीले बालकलाई ठक्कर दिएको थियो । बालकको आजै जन्मदिन परेको उनका सहपाठीहरुले जनाएका छन् ।

    ठक्कर दिने बोलेरो गाडी र चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

    दुर्घटनापश्चात् स्थानीयवासीले सडक अवरोध गरेका थिए । दर्जनबढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गरी पक्राउ गरेको थियो । अहिले पनि लाइसियमका विद्यार्थी र स्थानीयले सडक अवरोध गरिरहेका छन् ।

    दुर्घटनापश्चात् स्थिति तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु