skip this
  • नेपाल सेरोफेरो

    अक्स्फोर्ड कलेज द्वारा विद्यार्थीको भविष्यमाथि खेलबाड,कलेजकाे सबै गेटमा तालाबन्दी

  • चैत ४,नवलपुर –

    संदेश अधिकारी:-

    अक्स्फोर्ड कलेजले समयमा अंक विश्वविधालषमा नपठाउँदा ८४ जना विधार्थीकाे भविष्य अन्याेलमा परेकाे छ ।

    BE civil २०१४ ब्याचका विद्यार्थीहरूको तेस्रो र पाँचौं सेमेस्टर का विषयहरू क्रमश project l र project ll को विद्यार्थीहरूको प्राप्ताङ्क तोकिएको समयमा पोखरा विश्वविद्यालय मा नपठाईएको ले त्यस ब्याच का सबै ८४ जाना विद्यार्थीहरू अनुत्तीर्ण भएका र कोहीपनि विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी हुन नपाउने भएका छन्।

    यसै विषयमा कलेज प्रशासन सँग रिजल्ट सम्बन्धित  छलफल  गर्दा विद्यार्थीहरुलाई झुटो नतिजा देखाइएकाे प्रति विद्यार्थीहरू थप आक्रोशित भएका छन्। कलेज प्रशासनले यस्ताे किसिमकाे त्रुटिलाई विश्वविद्यालयको लापरबाही  भनी उम्कन खोजेको आरोप विद्यार्थी हरुले लगाएका छन्।

    अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैंडाकोट २ नवलपुरमा ३ विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी,अनेरास्ववियु र नेबिसंघले संयुक्तरुपमा प्रेस विज्ञप्ति निकाल्दै कलेजकाे सबै गेटमा तालाबन्दी गरेका छन्।

    विद्यार्थी संगठनहरुले विज्ञप्ति मार्फत कलेज प्रशासनलाई कडा कारबाही हुनु पर्ने र सबै विद्यार्थी हरुको जिम्मा कलेज प्रशासनले लिनुपर्ने माग राख्दै विद्यार्थीको भविष्य माथि खेलवाड गरेको प्रती कडा आपत्ति प्रकट गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु