skip this
  • चितवन विशेष

    आमसञ्चार क्लब सप्तगण्डकीको अध्यक्षमा उपाध्याय

  • सप्तगण्डकी क्याम्पस आमसञ्चार क्लबको अध्यक्षमा उपाध्याय

    चितवन, चैत ४-

    सप्तगण्डकी क्याम्पस भरतपुरमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीको सक्रियतामा सञ्चालित आमसञ्चार क्लबको अध्यक्षमा चन्द्रप्रकाश उपाध्याय चयन भएका छन् ।

    क्याम्पसमा आज भएको भेलाले उनको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा असल गैरे, उपाध्यक्षमा सुदिप दवाडी, सचिवमा सबिना लामिछाने, कोषाध्यक्षमा कल्पना अधिकारी, सहसचिवमा विकास ढकाल चयन भएका छन् ।

    यस्तै सदस्यहरुमा सुरक्षा न्यौपाने, नविन कोइराला, सुमित आचार्य, प्रतिक्षा मिश्र, संगिता खत्री, अनिता मगर, कुमार विक, विकास रसाइली, रविना पौडेल, अस्मिता घिमिरे, सीमा मगर, अशोक अर्याल, विकल ढकाल ,दिनेश रम्तेल रहेका छन् । त्यस्तै सल्लाहकार सदस्यमा शिक्षकका तर्फबाट कलेजका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक मधुसूदन दवाडी, दिपेन्द्र अधिकारी र विधार्थीको तर्फबाट श्याम विश्वकर्मा, विवेक पोखरेल र गोविन्द न्यौपाने रहेका छन् ।

    क्लबको संरक्षकको भूमिकामा क्याम्पस प्रमुख मणिराज महतो, साहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, विष्णु ज्ञवाली र नारायण रेग्मी रहेका छन् । कार्यक्रममा क्याम्पस पमुख महतोले प्रदेश सरकारले क्याम्पसमा रेडियो ल्याबको लागि २० लाख छुट्टाएको र यसले विधार्थीको प्रयोगात्मक सिकाइमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आमसञ्चारका विद्यार्थीहरु निकै मेहनती र रचनात्मक बन्नुपर्ने सुझाव दिए । कार्यक्रममा प्राध्यापकद्वय मधुसूदन दवाडी र दिपेन्द्र अधिकारीले विद्यार्थीलाई सञ्चार क्षेत्रमा अब्बल बनाउन क्याम्पस प्रशासन, अभिभावक, प्राध्यापक र स्वयं विद्यार्थीको पनि सहयोग चाहिने बताए । भेला क्लबका निवर्तमान अध्यक्ष गोविन्द न्यौपानेको अध्यक्षतामा भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु