skip this
  • चितवन विशेष

    चितवनकाे पार्टी सहित युवा ,विधार्थी माेर्चा पनि पुर्वमाओवादीकाे भागमा

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । यद्यपी एकता प्रस्तावमाथि थप छलफल आवश्यक रहेकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि अन्तिम रुप दिने जनाइएको छ ।

    दुई अध्यक्षको सहमतिमा महासचिव विष्णु पौडेलले तयार पारेको एकताको प्रस्तावमा पूर्व एमाले र माओवादीका लागी जिल्लाहरुको भागवण्डा गरिएको भएपनि आ-आफ्ना पूर्व पार्टीहरुभित्र सहमति निकाल्ने जिम्मेवारी ओली प्रचण्डले लिएको बताइएको छ ।

    नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ । स्रोतकाअनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव सचिवालयमा आएको छ ।

    प्रदेश ३

    पूर्वएमाले : मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटी ।

    पूर्वमाओवादी : चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी एवं मजदूर विशेष जिल्ला कमिटी ।

    यद्यपि काभ्रे र रसुवा साटफेर हुने सम्भावना छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु