skip this
  • फिचर

    हेमन्तप्रकाश वलीसहित ९ जनामाथि संगठित अपराधविरुद्धको मुद्दा

  • काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वालीसहित ९ जनालाई संगठित अपराध विरुद्धको मुद्दा अन्तर्गत म्याद थप गरिएको छ । आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरुविरुद्ध संगठित अपराध विरुद्धको मुद्धामा थप ८ दिन थुनामा राख्ने आदेश दिएको हो ।

     

     

    नेता वलीसहित ९ जनालाई शनिबार काभ्रेको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको थियो ।  नेकपाका मध्य कमाण्ड इन्चार्ज समेत रहेका वलीविरुद्ध ललितपुरको नख्खुमा रहेको एनसेल प्रालिको मुख्यालयमा शक्तिशाली वम विष्फोट गराउनमा जिम्मेवार रहेको प्रहरीको आरोप छ । फागुन १० गते भएको उक्त विष्फोटको जिम्मा वलीले लिएका थिए ।

    नेता वलीसँगै नेकपाका कार्यकर्ताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी मुद्धा चलाउन प्रहरीको तयारी छ ।
     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु