
एलियनले खोजिसके मानिस, लुकेर राख्दैछन् निगरानी


काठमाडौं । ब्रह्माण्डमा एलियनहरु छन् वा छैनन् भन्ने कुरा मानिसहरुको लागि सधैं रहस्यमयी रहँदै आएको छ । यस्तोमा केही वैज्ञानिकहरुले एलियनले मानिसलाई खोजिसकेको दाबी गरेका छन् । साथै उनीहरुले मानिसलाई चिडिया घरमा राखेको जसरी निगरानी गरिरहेको बताएका छन् ।
विश्वभरका वैज्ञानिक यस साता फ्रान्सको राजधानी पेरिसमा भएको एमईटीआई इन्टरनेशनल मिटिङमा पुगेका थिए । सो बैठकमा लामो समयदेखि यस विषयमा अनुसन्धान चलिरहेको भए पनि अहिलेसम्म एलियनलाई भेट्न नसकेको बारेमा छलफल भएको थियो ।
केही वैज्ञानिकले भने चलाख एलियन बुझेर पनि आफैं मानिसभन्दा टाढा रहन चाहेको बताएका छन् । उनीहरुले साँचो कुरा बुझेपछि आफ्नो जीवनमा मानिसको प्रभाव बढ्नसक्ने भएकोले उनीहरु मानिससँग टाढिएको उनीहरुको भनाइ छ ।



त्यसका साथै उनीहरु पृथ्वीको संस्कृतिमा पनि कुनै किसिमको दखल पुर्याउने मनसायमा नरहेको वैज्ञानिकहरुले बताएका छन् । फोर्ब्सका अनुसार विभिन्न विषयसँग सम्बिन्धित छलफलका लागि एमईटीआईको बैठक बस्ने गरेको छ ।
फोर्ब्सका अनुसार पछिल्लो गतिविधि हेर्ने हो भने एलियन आफैं बुझेर नै मानिससँग लुकिरहेका छन् । उनीहरुलाई मानिसबाट केही घातक हुने आशंका रहेको बताइएको छ ।
यो पनि पढ्नुहोस ।