skip this
  • फिचर

    प्रधानमन्त्री ओलीका पत्रकार र विप्लवका पत्रकारबीच घम्साघम्सी (भिडियोसहित)

  • चैत १३, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले नेत्रविक्रम चन्द विप्लव समुहलाई वार्तामा ल्याउने र कानुनी दायरामा ल्याउने दुवै प्रयास एकसाथ गरिने बताएका छन् ।

    प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अर्यालले राज्यले नियम र नैतिकता दुवै पक्षलाई ध्यान दिने बताएका हुन्

    विप्लव समुहलाई वार्ताका लागि पनि आग्रह गरिएको तर हिंसात्मक गतिविधिलाई निरन्तरता दिने संकेत पाएपछि प्रतिबन्ध लगाएर नियन्त्रणको अभियान सुरु गरिएको अर्यालले स्पष्ट पारे ।

    चन्दा र बम विष्फोट जस्ता आतंक मच्चाएकाले सरकारले आवश्यक कदम चालेको अर्यालको जिकिर छ । हिंसात्मक घटना गराएकै कारण प्रतिबन्ध लगाउनुपरेको अर्यालले बताए ।

    वरिष्ठ पत्रकार निमकान्त पाण्डेले भने अर्यालको कुरामा विमती जनाए । विप्लव निकट पत्रकार भनेर चिनिने पाण्डेले आतंककारी गतिविधीमा विप्लवलाई प्रवेश गराउने काम सरकारले नै गराएको आरोप लगाए ।

    पाण्डेले प्रधानमन्त्री केपी ओलीले विगतमा गरेको झापा विद्रोह र अहिले विप्लवले गरेको विद्रोह एकै किसिमको भएको दावी गरे । ओलीले पनि त्यसबेला क्रान्तिका लागि मान्छे काट्ने काम गरेको र अहिले पनि जनताको हितमा कुनै काम नभएकाले विप्लवले अर्कै बाटो राज्न बाध्य भएको पाण्डेको जिकिर छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु