skip this
  • फिचर

    पाकिस्तानको सहयोगमा चीनले आईएससँग गरेको थियो यस्तो सम्झौता

  • भारत । कश्मीरको पुलवामामा सीआरपीएफका जवानमाथि आतंककारी आक्रमण र बालाकोटमा भारतीय वायुसेना द्वारा गरिएको हमलापछि भारत-पाकिस्तान सम्बन्ध चिसिएको छ । पाकिस्तान निरन्तर आतंककारी संगठनहरुमाथि सैनिक कारबाही गरिरहेको बताउँदै आएको छ । अर्को तर्फ चीनले चौथो पटक अजहर मसूदलाई आतंककारी घोषित हुन दिन, सुरक्षा परिषदमा भिटो पावरको प्रयोग गरेर जोगाएको छ ।

    चीनको यस नीतिबाट भारतको पक्ष कमजोर भएको छ । चीनले यस्तो गर्नुमा आफ्नै कारण रहेको छ ।  चीनको स्वार्थ सिद्धि र आतंकवादमाथि उसको मानकमा विरोधाभास छ। चीनको समर्थनको कारण पनि यसको संकेत हो ।

    सन् १९८० को अफगानिस्तान युद्धको क्रममा रूसको पक्षलाई कमजोर गर्ने प्रयत्नमा चीन पनि सहभागी थियो । जब तालिबानको प्रभुत्व अफगानिस्तानमा बन्न गइरहेको थियो । तब चीनले पाकिस्तानको माध्यमबाट इस्लामिक आतंककारी संगठनहरुसँग  इस्लामिक समुह कहिलेपनि चीनको मुस्लिम बहुल्य इलाकामा घुसपैठ गर्ने छैन भन्ने एक अलिखित समझौता गरेको थियो । सो समयदेखि आजसम्म त्यहि समझौता अनुसार इस्लामिक समुह चीनको अडिग नीतिका कारण चीन तर्फ आफ्नो पाइला बढाएको छैन । अब प्रश्न यो उठ्छ कि पाकिस्तानलाई कसरी कब्जामा लिने ? नेहरूको नीतिदेखि लिएर गुजराल डक्ट्रिन र मोदीको ‘पहिले छिमेकी’ नीतिको तराजूमा पाकिस्तानलाई राखियो । तर कुरा बनेन । तीन युद्ध भए , कयौ समझौता भए , तर परिणाम केहि पनि निस्किएन ।

    शिमला समझौतापछि जुल्फिकार अली भुट्टोले भनेका थिए,’अब पाकिस्तान भारतसँग युद्धको हिम्मत गर्ने छैन र न त कश्मीर मुद्दालाई अन्तर्राष्ट्रीय मन्चमा दिनेछ ।’ तर केहि समयपछि पाकिस्तानले पहिलेको जस्तै प्रतिशोध साध्न थाल्यो । कारगिल युद्धपछि पनि यस्तै भयो । भारतपछि पाकिस्तानले पनि आणविक देशको मान्यता पाएको थियो । पाकिस्तानलाई भारतले सैनिक शक्ति प्रयोग गरेर नियन्त्रण गर्न सक्दैन । यसले आणविक युद्धको सम्भावना जहिले पनि जिवित रहन्छ । बालाकोट हमलापछि यो पुष्टि भएको छ ।

    भारतको उत्तर पश्चिमी सिमाना क्षेत्र शताब्दियौंदेखि आतंककारीको मुख्य स्थान रहेको छ । आज पनि यो सीमा भारतको सुरक्षाका लागि सबैभन्दा अफ्ट्यारो र असुरक्षित रहेको छ । भारतको व्यापारिक विस्तारलाई पनि पाकिस्तानले रोकेको छ । मध्य एशिया र ईरानबीच ग्यास पाइप लाइनको विस्तार पाकिस्तानको कारण बन्न पाएको छैन । पाकिस्तान वर्षोदेखि भारत विरोधिको अड्डा बनेको छ । पाकिस्तानको एक राष्ट्र राज्यको अवधारणा बालुवाको पर्खालमा अडिएको छ ।

    गिलगिट- बाल्टिस्तानमा पृथकतावादको झिल्को पुरानो हो । यो क्षेत्र पाकिस्तानको कहिल्यै पनि थिए । यो हिस्सा जम्मू कश्मीरको थियो , जुन भारतको अंग हो । अंग्रेजहरुले चालबाजी र नेहरूको कमजोरीको कारणले गिलगिट पाकिस्तानमा मिल्यो, जसको एक ठुलो भाग पाकिस्तानले चीनलाई सुपुर्दगी गर्‍यो । त्यही सिमालाई आफ्नो आधार बनाएर चीनले‘चीन-पाकिस्तान इकोनोमिक करिडोर’  को संस्थापन गर्‍यो । सन् २०१७ मा ब्रिटिश संसदले  चीनको यस परियोजनालाई गलत ठहराउदै पाकिस्तानलाई सो क्षेत्र कसैलाई प्रयोग गर्न दिने कुनै अधिकार नभएको बताएका थिए ।

    गिलगिट बाल्टिस्तानको क्षेत्र पाकिस्तान अधीनस्थ काश्मीर ( पीओके) सँग जोडिएको छ । यसको भौगोलिक स्थल भारतको सामरिक दृष्टिकोणबाट निकै महत्वपूर्ण छ। यसको पश्चिममा पाकिस्तानको खेबर पख्तूनख्वा प्रान्त, उत्तरमा चीन र अफगानिस्तान तथा पुर्वमा भारत छ, जसमा संसारको सबैभन्दा उचाइमा भएको युद्ध क्षेत्र सियाचिन पनि रहेको छ ।

    पाकिस्तानको सबैभन्दा ठुलो र गरीब प्रदेश बलूचिस्तान हो । यहां पृथकतावादको सम्भवना जहिले पनि रहेको छ । त्यहाँ रहेको पृथकतावादको झिल्कोलाई केवल फुक्नु मात्र आवश्यक छ । सो क्षेत्र कहिले पनि पाकिस्तानको अंश रहेको थिएन । उक्त क्षेत्र मूलत: बलूच र पश्तून जातिहरु बसोबास गर्ने क्षेत्र हो । जसको इतिहास पाकिस्तानबाट अलग रहेको छ ।

    पाकिस्तानको संविधानमा पनि यिनिहरुको उल्लेख दशकौ सम्म थिएन । पाकिस्तान सेनाद्वारा यहां निर्मम हत्या र लूट पाट गरिएको थियो । सन् २००६ मा प्रमुख बलोच नेता बुगतीको हत्या पाकिस्तानका सेनाद्वारा गरिएको थियो । यस बाहेक पाकिस्तान भित्र कयौ सिमान्तकृत समुदायहरु छन् जसलाई सहयोगको आवश्यकता छ।

    पाकिस्तानका आर्थिक स्थितिको जानकारी सबैलाई छ। पाकिस्तानको आतंकवाददेखि मुस्लिम देश पनि पिडित छन् । अमेरिका लगायत पश्चिमी देश पनि त्यसबाट निराश छन्।

    (कुमार भारतीय विदेश मामिलाका जानकार हुन् ।)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु