skip this
  • फिचर

    विद्यार्थी भर्ना गर्न १२ लाख डलरसम्म घूस !

  • विद्यार्थी भर्ना गर्न १२ लाख डलरसम्म घूस !

    अमेरिकाको यल युनिभर्सिटीमा भर्नाका लागि अभिभावकले १२ लाख अमेरिकी डलर (करिब १३ करोड २७ लाख ३८ हजार रुपैयाँ) सम्म घूस खुवाउनुपरेको खुलासा भएको छ । यस्तो चलखेलमा अभिभावक संलग्न भएको पाइएपछि एक विद्यार्थीको भर्ना नै रद्द भएको छ ।

    एक जना पूर्व फुटबल कोचले कलेजमा चाँजोपाँजो मिलाएबापत ४ लाख अमेरिकी डलर घूस लिने गर्दै आएका थिए । अर्कै व्यक्तिले अभिभावकसँग एकमुष्ठ रकम लिने र विद्यार्थी भर्ना भइसकेपछि पूर्व फुटबल कोचलाई सो परिमाणको रकम उपलब्ध गराइने गरेको बताइएको छ । सो प्रकरणमा एक महिनाअघि सेलिब्रेटी अभिभावक लोरी लाउघ्रलीन र फेलिसिटी हफम्यान समेत मुछिएका थिए । कनेक्टीकटमा रहेको सो कलेजले उक्त प्रकरणमा छानबिन गर्ने जनाएको छ ।

    ad

    गएको नोभेम्बर महिनामा राजीनामा दिएकी वुमन फुटबल कोच रुदी मेरेडिथ ५० विद्यार्थीको कलेज भर्ना प्रकरणमा मुछिएको जनाइएको छ ।  कलेजले चाहिँ मेरेडिथले दुई जनाको मात्रै सिफारिस गरेको र एक जना भर्ना भएको तर अर्का एक जनाको रद्द भएको जनाएको छ । यलले विद्यार्थीको नाम भने बताएको छैन । तर विश्वविद्यालयले सो प्रकरणबारे सोमबार स्वीकार भने गरेको छ ।

    आइभी लिग युनिभर्सिटी, युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्निया, स्ट्यान्फोर्ड र जर्ज टाउन लगायतमा कलेजमा यस खालको घोटाला भइरहेको जनाइएको छ । सो कार्यमा त्यस खालका गतिविधिका मास्टरमाइन्ड मानिने रिक सिंगर नामका व्यक्ति सामेल रहेको बताइएको छ । उनी विरुद्धमा अदालतमा मुद्दा समेत चलिरहेका छन् । उनीहरुले प्रवेश परीक्षामा चोराउने, एथलेटिक्स छात्रवृत्तिमा नन एथलेटिक्स विद्यार्थीलाई भर्ना गराउने जस्ता काम गरेको जनाइएको छ ।
    (बीबीसी)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु