skip this
  • फिचर

    नेपालमा द्वन्द्व चर्काउने प्रयास असफल बनाइदिएका छौंः प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन् ।

    काठमाडौंमा आज रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताए ।

    ‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधानका र्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं’, उनले भने, ‘समृद्ध नेपाल ः सुखी नेपालीको सबै आधार तयार भएको छ ।’

    समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताए । ‘त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढंगले सम्पन्न गर्‍यौं, राष्ट्र एक ठाउँमा रह्यो,’ उनले भने भने, ‘सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।’

    प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे ।

    ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,’ उनले भने, ‘अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।’

    प्रधानमन्त्री अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गरे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु