skip this
  • फिचर

    पत्रकारमाथि कड्किए सञ्चारमन्त्री– आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याउ ख्याउ…’

  • काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्।

    रिपोर्टस क्लबको २१औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह गरे। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिबद्धता पनि गरे।

    ‘प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ। स्वतन्त्रता अपहरित हुँदैन। ज्ञानेन्द्रसँग तुलना नगर्नु होला,’ उनले भने।

    उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे।

    ‘प्रतिष्ठित पत्रकारहरु, वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन्। रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के-केसम्म समाचार छाप्नुभयो? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले? के लेखियो भनेर?’ अलि आक्रोशित हुँदै उनले भने, ‘आफ्नो धोती फुस्केको थाहा छैन। सरकारमाथि ख्याउ ख्याउ… अचम्म लाग्छ।’

    नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे। सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति पनि उनले आक्रोश पोखे।

    ‘कसले फेसबुकमा प्रतिबन्ध लगाउने भन्या छ? कसले ट्विटरमा लगाउने भन्या छ? पैसा चाहिँ तिर्नुपर्छ कि पर्दैन यहाँबाट पैसा लगेपछि? ट्याक्स तिर्नुपर्छ कि पर्दैन?’ उनले भने, ‘हाम्ले समृद्ध राष्ट्र बनाउने भन्या छौं। विज्ञापनको बजार विस्तार हुनुपर्छ कि पर्दैन?’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु