skip this
  • फिचर

    मृतकमध्ये २५ को सनाखत, फेटा गाउँपालिका १५ जनाको मृत्यु

  • काठमाडौँ – हावाहुरीका कारण बारा र पर्सामा ज्यान गुमाउने २७ मध्ये २५ जनाको सनाखत भएको छ। १५ पुरुष र १२ महिलाले ज्यान गुमाएका हुन्। बाराको फेटा गाउँपालिकाको दुई वडाका १५ जनाको मृत्यु भएको छ।

    यसैगरि ४ भारतीय नागरिकको पनि ज्यान गएको छ। हावाहुरीका कारण बारामा मात्र २६ जनाको ज्यान गएको छ। बाराको   फेटा-६ मा ९ जना र फेटा-१ मा ६ जनाले ज्यान गुमाएका हुन्। गृहमन्त्रालयका अनुसार हावाहुरीमा परि घाइते भएका तीन सय ४३ जनाको उपचार भइरहेको छ।

    फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले आफ्नो गाउँपालिकामा १९ जनाको ज्यान गएको र एक सयभन्दा बढी घाइते भएको बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु