skip this
  • फिचर

    जम्बो टोली लिएर महायज्ञ उद्घाटन गर्न पुगे सिके राउत (फोटोफिचर)

  • बुटवल । हालै सरकारसँग शान्तिपूर्ण सम्झौता गरेका डा. सिके राउत आज रुपन्देहीको गौडहवा गाउँपालिका – २ खडेछवा रहेको शिव मन्दिरमा जम्बो टोली बोकेर महायज्ञ उद्घाटन गर्न पुगेका छन् ।

     

     

    रुपन्देही जिल्लाको विकट मधेसी पकड एरिया मानिने गौडहवा गाउँपालिका– २ खडेछवा रहेको शिव मन्दिरमा एक हप्तासम्म चल्ने चण्डी महायज्ञ उद्घाटन गर्न आएका हुन् ।

    लामो समय स्वतन्त्र मघेसको मुद्दा उठाएका सिके राउत आज रुपन्देहीको महायज्ञ उद्घाटन गर्न आउँदा आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुको जम्बो टोली बोकर आएका थिए ।

    दिउँसो एयरपोर्टबाट उनलाई भव्य स्वागत गर्दे गौडहवा पुर्याइएको उक्त पार्टीका रुपन्देही संयोजक तथा केन्द्रीय सदस्य भुपेन्द्र यादवले रातोपाटीलाई बताए । मन्दिरमा ठूलो संख्यामा स्थानीयहरुको उपस्थीती रहे पनि राउतले भने सम्बोधन गरेन् ।

    कार्यक्रममा राउतले महायज्ञ मात्र उद्घाटन गरे भने अन्य वक्ताहरु बोलेका थिए । उक्त पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासीका संयोजक कैलाश महतोलगायतले भाषण गरेपनि राउतले धार्मिक कार्यक्रममा सम्बोधान नगर्ने बताएका थिए ।

    राउतसँगै रहेका केन्द्रीय सदस्य भुपेन्द्र यादवले भने, ‘उहाँ डा.साहेबले यस्तो धार्मिक कार्यक्रममा सम्बोधन गर्दा राम्रो नहुने भन्दै बोल्नुभएन् । उहाँले पाँच बटा कलसमा दिप बोलेर उद्घाटन गर्नुभयो ।’

    पाँच नम्बर प्रदेशका अन्य जिल्लाहरुभन्दा रुपन्देही राउत समूहको राम्रो पकड भएको जिल्लामा सरकारसँग सम्झौता भएपछि पहिलो पटक आएका हुन् । आजै साँझ उनी काठमाडौं फर्किएका छन् ।

    गौडहवामा आज महायज्ञ उद्घाटन गरिएको मन्दिर नेपाल भारत सिमा क्षेत्रमा पर्दछ ।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु