skip this
  • फिचर

    डाक्टरहरुप्रति वीर अस्पतालका बिरामी आक्रोशित

  • काठमडौं– वीर अस्पतालमा उपचारका लागि धाउँदै आएका बिरामीहरुले चिकित्सकहरुले नै आफूहरुलाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन् ।  बुधबार बिहान अस्पतालले नै डाकेर स्वास्थ्य उपचारका लागि पुगेका काठमाडौं बनस्थलीका पाल्साङ तामाङले विरामीलाई अस्पतालमा डाक्ने तर उपचार नगर्ने सरकारी चिकित्सकहरुको रवैयाप्रति आपत्ति जनाएका हुन् । विना सूचना विरामीलाई डाकेर सास्तै मात्रै दिने गरेकोमा अस्पतालका डाक्टरहरुप्रति विरामीहरुको आक्रोश छ ।

     

     

    उदयपुरबाट आएका चेतबहादुर कार्कीले स्वास्थ्य उपचारका लागि अस्पताल आएको ४ दिन हुँदा पनि उपचार पाउन नसकेको गुनासो गरे । उनले चिकित्सकहरुले विरामीलाई किन दुःख दिएको भन्दै प्रश्न पनि गरे । केही बिरामीहरु गरिवीका कारण सरकारी अस्पताल आइयो तर उपचार कहिले हुने भन्ने टुंगो नभएको भन्दै टोलाइरहेका थिए ।

    यता, सरकारी चिकित्सकहरुले भने विगत ६ दिनयता अस्पतालको आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै आएका छन् । उनीहरुले कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै अस्पतालको आकस्मिक बाहेकका सबै सेवा अवरुद्ध पारेपछि विरामीहरु भने मारमा परेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु