
चितवनका युवा रमेश लामाको दुवै मिर्गौला फेल, सेयर गरी सहयाेग गराैँ


चितवन, वैशाख ६–
चितवनको कालिका नगरपालिका–७, बेलचौर टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय रमेश लामाको दुवै मिर्गौला (काम गर्न छोडेको) फेल भएको छ । मिर्गौला प्रत्यारोपरण गर्नुपर्ने भएकोले लामाले सहयोगको याचना गरेका छन् ।
निम्न वर्गीय परिवारका लामाको काम गरेर जिविकोपार्जन गर्न सक्ने हैसियतमा अरु कोही पनि छैनन् । उनका दुई वटा छोरीहरु रहेका छन् । घरमा आयस्रोत नभएका लामाले दैनिक मजदुरी गरि घरपरिवार चलाउँदै आएका थिए ।



दुवै मिर्गौला फेल भएपछि उनी डायलोसिसको साहारामा बाँचिरहेका छन् । आर्थिक अभावका कारण उनलाई नयाँ जिवन दिन सहयोगको खाँचो देखिएको छ ।
उपचारका लागि करिव १५ लाख रुपैयाँ खर्च लाग्ने भएकाले सहयोगका लागि बिरामी लामाले सबैमा आग्रह गरेका छन् । सहयोगका लागि नारायणी अनलाईनले अभियान समेत चलाउने छ । सहयोग गर्न चाहनेले नारायणी अनलाईनको मोबाईल नं.९८११२८४५०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।