skip this
  • चितवन विशेष

    विधार्थी नेता लामीछानेकाे निर्मला पन्तकाे अामालाई अाैशीकाे शुभकामना पत्र

  • माता तिर्थ अाैशि अर्थात अामाकाे मुख हेर्ने दिन….सवैले अा-अाफ्नाे परीवारजन अामाहरूमा सद्भाव स्नेहकाे साटासाट त गरे तर विडम्बना यिनी लगायतका अामाहरूसँग नत अाफ्ना अवाेध सन्ताननै साथमा भए नत जालसाजी,धुर्त्याई-फट्याई गरेरै भएनि जनतावाट अनुमाेदित वहुमतकाे सरकार नै..!! देश दलाल र भ्रष्टहरूकाे जालाेले झाङ्गिएकाे छ अामा,तपाईं हामी जस्ता निमुखा सर्वहारा गरीखाने वर्गकाे कुनै स्थान छैन यहाँ,जमाना छ त केवल यी दलालहरूकाे गुलामी गर्दै यिनका पिसावलाई नि अमृत देख्दै गुनगान गाउने झण्डेहरूकाे!तर हरेस नखानुस अामा ऐतिहासमा सत्यकाे जित भएकाे छ र जुन विचारकाे उदयकाे समय भैसकेकाे छ त्यसलाई दुनियाकाे कुनै त्यस्ताे शक्ति छैन जसलाई राेक्न सकेकाे हाेस्,छेक्न सकेकाे हाेस् भलैहि अाज हामी सानाे छाै तर हामी निश्चिन्त छाै कि हामी हरदम राष्ट्र-राष्ट्रियता र जनतन्त्रका पक्षमा छाै,जनता र राष्ट्रकाे विरूद्वमा हुने राष्ट्रघातका विरूद्वमा छाै यसर्थ त हामी सहि छाै।अामा एकदिन अाउने छ समय तपाईं जस्ता हजारौं पिडित अामाहरूले न्याय पाउने र याे असमानताकाे खाडललाई चिर्दै सुनाैलाे भविष्य निर्माण गर्ने।अाज तपाईं जस्ता हजाराै अामाहरूकाे मायाँ र सद्भावकाे खाचाेँ छ हामीलाई अामा ताकी दलाल,भ्रष्टाचार र सुदखाेरकाे जरा सामाजिक दलाल पुजीवादी सँसदिय व्यावस्थाकाे अन्त्य गर्दै नयाँ वैज्ञानिक समाजवाद स्थापनाका निम्ति याे महासँग्राममा अग्रसर यी पाईलाहरू कदापी नथाकुन कदापी नकामुन।अाज माता तिर्थ अाैशीँ हार्दिक नमन गर्दै अामा हामी पनि तपाईका सन्तान हाैँ असाहारा महशुस नगर्नु हाेला न्याय र सत्यका निम्ति उठेका हरेक अावाजहरूमा हामी साथ हुनेछाै र हुने प्रतिवद्दता पनि व्यक्त गर्दछौं ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु