skip this
  • चितवन विशेष

    भानु माविका पिडित विधार्थीकाे नँया खुलासा (हेर्नुस भिडियाे सहित)

  • विकास ढकाल

    भरतपुर, चितवन ।

    कक्षामा साथीसँग सामान्य  कुरा गरेको विषयलाइ लिएर चितवनको भरतपुरस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयका एक विद्यार्थीलाई शिक्षकले निलडाम हुने गरी पिटेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको भानु माविका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सुबिन सुनारले साथीलाई पुस्तक दिने क्रममा कुरा गरेको भन्दै बिहीबार दिउँसो शिक्षकबाट पिटीएका हुन् ।

    विद्यालयका ‘सामाजिक अध्ययन’ पढाउने शिक्षक निराजन भट्टले हातको प्रयोग गरी १० पटकभन्दा बढी हानेका थिए । त्यसपछि सुनारलाई सह–प्रध्यापकको कोठामा पुनः फ्लेक्स झुण्डाउन प्रयोग गरिने पाइपले पिटेको पीडित विद्यार्थीले बताए । यस अघि पनि पटक पटक यस्तै किसिमकाे यातना दिने गरेकाे अन्य विधार्थीले समेत बताएका छन ।

    सनुवार लाइ पिट्ने समयमा अर्का  शिक्षक अानन्दले समेत पिट्न हाैसला दीएकाे पिडित विधार्थीले बताएका छन । अहिले पनि विधार्थीकाे ढाँड दुख्ने , सुत्न असहज हुने र टाउकाे दुख्ने गरेकाे सुनुवारले बताए ।  पिडित विधार्थीका अनुसार शिक्षकले  अाँफु बच्न झुटाे बयान दिएकाे खुलासा गरेका छन् ।
    पीडित विद्यार्थीका अनुसार बिहीबार ६ औँ घण्टीमा उनका साथी कृष्णलाई पेट दुखेपछि ‘क्लास टिचर’ लाई जानकारी गराएर कृष्ण घर जाने क्रममा पीडितले कृष्णका २ वटा किताब उनलाई दिएका थिए ।
    त्यसपछि शिक्षक निराजन भट्टले अनुशासन तोडेको र कक्षामा हल्ला गरेको भन्दै उनीमाथि खनिएको पीडित विद्यार्थीको भनाइ छ ।

    उनको ढाँडमा निल डाम देखिएको छ । शिक्षा नियामवलीमा विद्यार्थीलाई बाबुआमा, परिवारका सदस्य, संरक्षक वा शिक्षकले बालको हितका लागि सामान्य पिटाइलाई यातनापूर्ण व्यवहार गर्न नमिल्ने उल्लेख छ ।
    पीडक शिक्षकले भने विद्यार्थीलाई अनुशाशित बनाउने क्रममा पिटाई गर्न पुगेको बताए । शारीरिक कुटपिट गर्न नहुने भएपनि आवेशमा घटना हुन पुगेको उनको भनाई छ ।
    भट्ट यसअघि पनि अन्य विद्यार्थीलाई पनि कुटपिट गर्दै आइरहेको त्यहाँका विद्यार्थीहरुको भनाई छ ।
    विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद सापकोटाले यस बारे कुनै प्रतिक्रिया दिन चाहेनन बरू उल्टै समाचारका लागि पुगेका हाम्रा सहकर्मी सँग अाक्राेश व्यक्त गरेका छन । अन्य  शिक्षक हरूले भने विधालयकाे छवि धमिलिएकाे भन्दै सकारात्मक तवरले समाचार प्रेसित गर्न अाग्रह गरेका छन्  ।  पीडितका अभिभावक र विद्यालयबीच पीडित विद्यार्थीलाई सम्पूर्ण उपचार शिक्षक भट्टले वेहोर्ने र आगामी दिनमा यस्तो प्रकृतिको घटना नदोहो¥याउने सहमति भएको छ ।
    पीडितका बुबा धनप्रसाद सुनारले अन्य विद्यार्थीहरु माथि यही घटना नदोहोरियोस् भन्ने उद्देश्यले विद्यालयलाई सचेत बनाएको बताए । आदिकवि भानुभक्त माध्यामिक विद्यालय नेपालकै सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय हो ।  विधार्थी लाइ छाडा छाेड्न नहुने र सामान्य कारवाहि गर्ने अाशय सहित अन्य शिक्षक हरूले प्रतिक्रिया दिएका छन । के छाडा छाेड्न नहुने वाहानामा के विधार्थी माथी यसरी जाइ लाग्न मिल्छ ?

    समाचार सहयाेग सफलखवर डटकम

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु