
भरतपुरकाे महानगरकाे सामुदायिक विधालयमा चर्काे शुल्क असुलि,महानगर भन्छ फिर्ता गर, शिक्षक भन्छन वाध्यता


विकास ढकाल, भरतपुर, चितवन
भरतपुरकाे महानगरकाे सामुदायिक विधालय हरूले विभिन्न वाहानामा चर्काे शुल्क असुली गर्ने गरेकाे तथ्य फेला परेकाे छ ।
सरकारले सामुदायिक विधालयमा निशुल्क शिक्षाकाे अवधाराणा लागु गरेता पनि भरतपुरका सामुदायिक विधालय हरूले भने चर्काे शुल्क शुल्क लिने गरेकाे जानकारीमा अाएकाे छ । भरतपुरमा सामुदायिक विधालयमा विधार्थीकाे चाप बढे सँगै चर्काे रकम असुल्ने परिपाटि समेत बढ्न थालेकाे हाे ।



भरतपुरकाे नारायणी नमुना माेडेल माध्यामिक विधालय , भानु मावि , देवघाटकाे सिताराम संस्कृत माध्यामिक विधालय, बालकुमारी माध्यामिक विधालय, प्रेम बस्ति माध्यामिक विधालयमा चर्काे शुल्क लिइ विधार्थी भर्ना गराइरहेका छन ।नारायणगढकाे भानु मावीमा ३५०० सम्मकाे विल काटिएकाे पाइकाे छ । यसै गरी नारायणी माविमा विधार्थी प्रवेश शुल्क बापत रू ५०० लिने गरेकाे पाइएकाे छ भने ४ बजे पछिकाे अतिरिक्त कक्षाकाे केहि शुल्क विधार्थीकाे अभिभावक सँग स्वच्छिक मासिक शुल्क लिनु परेकाे वाध्यता रहेकाे नारायणी नमुना माविका प्रधनाध्यापक पुर्ण प्रसास दवाडीले बताएका छन । अावश्यक दरवन्दी भन्दा ४६ जना शिक्षक अपुग भएकाेले निजि स्राेतकाे शिक्षकलाइ तलव खुवाउन परेकाे कारण बाध्य भएर केहि शुल्क लिनु परेकाे उँहाले प्रष्टाउनु भयाे ।
बालकुमारी माध्यामिक विधालयमा भने दर्ता शुल्क र टाइ बेल्त शुल्क शिर्षकमा ७५० र मासिक शुल्क छुट्टै लिने गरेकाे बताइएकाे छ । यद्दपि मासिक शुल्क लिने कुरा बालकुमारी माध्यामिक विधालयका शिक्षक हरूले स्वकार भने गरेनन ।
यता भरतपुर महानगरपालिकााके शिक्षा शाखाले भने यसरी शुल्क लिन नमिल्ने बताएकाे छ । विधालय अनुगमनकाे लागि टाेलि पठाउन लागेकाे समेत महानगरका शिक्षा प्रमुख हिम शर्मा पाेडेलले जानकारी गराउनु भएकाे छ । शुल्क लिएकाे उजुरी अाए तुरून्त छानविन गरी शुल्क फिर्ता समेत गरिदिने उहाँले बताउनु भउबाे छ । राज्यकाे निति मावि तह सम्म निशुल्क शिक्षा लागु गरेकाले शुलक लिन नपाइने उँहाले जानकारी गराउनु भयाे ।