skip this
  • चितवन विशेष

    दाेषि काे ? बच्चाकाे परिवार कि CMC ? यस्ताे छ रहस्य हेर्नुस भिडियाे सहित…

  • विकास ढकाल

    भरतपुर । सोमबार नवजात शिशुको मृत्यु भएको आशंका गरी देवघाटमा दाहासंस्कारका लागि खाल्डो खन्दै गर्दा शिशुले सास फेरेपछि पुनः अस्पताल ल्याई उपचार गरिएको छ । मकवानपुरकी एक अविवाहित महिलाले जन्माएको बच्चालाई चितवन मेडिकल कलेजले अवस्था नाजुक रहेको बताएपछि उनीहरुले शिशुलाई घर नलगि  दाहासंस्कारका लागि देवघाट लगेका थिए । तर देवघाटमा एक महिलाले बच्चा जिउँदै रहेकाे बताए पछी स्थानिय प्रहरी ले शिशुकाे परिवार सँग साेधपुछ गरेकाे थियाे । तर महिलाले उल्टै बच्चा लाइ केहि भयाे भने काे जिम्वेवार रहने भनि हप्काए पछी स्थानिय प्रहरीले बच्चा र बच्चा सँगै अाएकाे महिला लाइ जिल्ला प्रहरीमा बुझाएकाे थियाे ।

    यता बच्चा लिएर जाने एम्बुलेन्स चालकले भने बच्चाकाे हर्ट बिट छैन , बच्चा गइसक्याे भनेकाे कारण विधि पुर्वक दाहासंस्कार गर्न लगिएकाे वताउँछन यसमा अस्पतालकाे लापारवाही नै रहेकाे उनि जिकिर गर्छन । बच्चाकाे अाफन्त लाइ भने अस्पताल प्रशासनले भेट गर्न दिएनन । प्रहरीकाे राेहबरमा भेट्नु पर्ने अस्पतालले हाम्रा सहकर्मी लाइ बताएका थिए ।

    अविवाहित महिलाबाट आठ महिनामै जन्मिएको बच्चालाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि आफन्तहरुले घर लैजाने भनेर देवघाट लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    शिशु जिवित रहेको थाहा पाएपछि एम्बुलेन्समा तुरुन्तै चितवन मेडिकल कलेज ल्याई भ्यान्टिलेटरमा राखेर उपचार गराइकाे तर अहिले अस्पतालले बच्चाकाे मृत्यु भइ सकेकाे  घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । पहिला अस्पतालले मृत्यु घाेषणा नगरेकाे र घर लैजान अाग्रह गरेकाे तर बच्चाकाे परिवारले दाहासंस्कार गर्न लगेकाे कारण  शिशुको हजुरआमालाई जिल्ला प्रहरी कार्यालयले चितवनले पक्राउ गरी अनुसन्धान गरी रहेको उहाँले जानकारी दिनुभयो ।

    याे घटनाले चितवन मेडिकल कलेजकाे छवि पुन एकचाेटी धमिलिएकाे छ । जिवित बच्चा लाइ किन विधि पुर्वक दाहासंस्कार गर्न लगियाे ? किन CMC प्रशासनले बच्चाकाे परिवार लाइ भेट्न दिएन ? घटना रहस्यमय किन राखियाे ? दाेषि काे ? बच्चाकाे परिवार कि CMC ?  हामि निरन्तर फ्लाेअपकाे गर्नेछाै ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु