
२२ वर्ष पछि एउटै पार्टिमा बाबुराम र उपेन्द्र


डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच आज (सोमबार) पार्टी एकता घोषणा हुँदै छ ।
काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो ११ः ४५ बजे हुने कार्यक्रममा एकताको औपाचारिक घोषणा गर्ने कार्यक्रम छ ।
नयाँ पार्टीको नाम “समाजवादी पार्टी, नेपाल” राख्ने सहमती दुई दलबीच भइसकेको छ । एकतापछि डा भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने छन् ।



भट्टराई संघीय परिषदको अध्यक्ष बन्नेछन् भने यादव केन्द्रीय समितिको अध्यक्ष बन्ने सहमती दुई दलबीच भएको छ।
पार्टीभित्र बाबुराम पहिलो र उपेन्द्र दोश्रो बरियतामा रहनेछन् । तीन सय सदस्यीय केन्द्रीय समितिमा दुई सय फोरमका र एक सय नयाँ शक्तिका रहने सहमती दुई दलबीच भइसकेको दुबै दलका नेताले जनाएका छन् ।
संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् ।
२२ वर्ष पछि सँगै भएका भट्टराई र यादव दुबैको पृष्ठभूमि माओवादी जनयुद्ध हो । ०५४ सालमा माओवादी छाडेका यादव त्यसयता लगातार फोरमको अध्यक्ष छन् । हाल उनी फोरमको अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।
भट्टराईले ९ असोज ०७२ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गरेका थिए । ३० जेठ ०७३ मा उनले आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टीको गठन गरेका थिए ।