
वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक


विकास ढकाल
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ ।
उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् ।लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन्



। भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन् ।अहिले उनी वडा कार्यालयमा वडा अध्यक्षका रुपमा काम गरिरहेका छन् ।
नेपाल र भारतको नागरिकताको बिषयमा कुरा गर्दा आफूलाई फसाउन कोही व्यक्तिले बनाइदिएको हुन सक्ने गैर जिम्मेवार जवाफ दिन्छन् ।तर, हामीले उनलाई दोहोर नागरिकताको प्रमाण पेश गरेपछि भने नाजवाफ हुन्छन । यो बिषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छानबिन गरिरहेको छ । उनी विरुद्ध दोहार नागरिकता मुद्धा चलिरहेको प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पोखरेलले बताए ।दोहोरो नागरिकताधारी वडा अध्यक्ष पठानमाथि यस अघि सरकारी जग्गा किर्ते तथा लागुऔषध मुद्धामा चलेको थियो । लागूऔषध को मुद्धामा उनले सफाइ पाए पनि सरकारी जग्गा किर्तेको मुद्धा अदालतमा चलिरहेको छ ।