
सरकारी विधालयले दियाे अनाधिकृत जग्गा भाडामा, विधार्थी नै परे जाेखिममा


मध्य नेपाल अप्रेशन ०१
देशैभरी सरकारी सम्पतिकाे छानविन र सुरक्षित गर्ने काम चलिरहँदा देवघाटको एक सरकारी विद्यालयमा भने भएकाे एउटा चाैर समेत निकै सस्ताे मुल्यमा भाडामा दीएकाे जानकारीमा अाएकाे छ । विधालयकाे वातावरणनै असुरिक्षित हुने किसिमले विधालयले चाैर देवघाट क्षेत्र विकास समिति लाइ वार्षिक रूपमा भाडा बुझाउने सर्तमा भाडामा दिएकाे हाे । यद्दपि सरकारले देशैभरीका सरकारी विधालयकाे जग्गा भाडामा दिन राेक लगाएकाे छ । उक्त सरकारी निर्णय लाइ समेत च्यालेन्ज दिदैँ केहि दिन अघिमात्र विधालयले जग्गा भाडामा दिएकाे हाे ।
देवघाटको सरकारी विद्यालय सिताराम संस्कृत माबि को परिसर भित्र दाहसंस्कारको निम्ति बेच्न लिएर आएको दाउरा लापरबाहीका साथ अव्यवस्थित ढंगले राखिएको छ । के यो सरकारी विद्यालयमा विधालयको विधार्थी हरू नै जाेखिम पर्ने गरी काठ दाउरा किन राखिएकाे हाे भने कुरामा अभिभावक ले गुनासो गरेका छन । यो विषयमा समितिका सदस्य लाई प्रश्न गर्दा अाँफु लाइ केही थाहा नभएको जानकारी गराएका छन ।



विधार्थीको सुरक्षाको निम्ति निर्माण गरिएको पर्खाल भत्काएर बिधालय परिसर भित्र दाउरा, मुडा ट्रकका ट्रक खनाइएको छ । यदि यो लापरबाहीले कुनै विद्यार्थी लाई केही भयो भने यसकाे जिम्मेवारी को हुने ? देवघाट क्षेत्र विकास समिति, प्रधानध्यापक , विधालय व्यावस्थान समिति कि विध्यार्थी आफू नै ? एक अभिभावकको भनाइ अनुसार अहिले को समयमा सर्पको समेत डर रहने भएकोले बिधालयका साना साना नानी बाबू हरु त पक्कै खेल्न खोज्छन् र दाउरा भएको स्थानमा सर्प हुनु स्वभाविक नै हो खेल्दा खेल्दै बिधालयको परिसर भित्र सर्प लगाएत अरु कुनै पनि किरा इत्यादिले टोकेर ती नाबालक हरु लाई केही हुन गयो भने जिम्मेवार को भनी आक्रोश व्यक्त गरेका छन । यो स्वभाविक नै हो र बिधालय व्यवस्थापन समिति लाइ हाम्रो प्रश्न
१) बिधालय को पर्खाल फोड्नु पुर्व को संघ सम्झौता गरियो ?
२) दाउरा मुडा लाई विधार्थीको जीवन संघ खेलेर विद्यालय परिसर मा राख्ने अधिकार कस्ले दियो?
३) बिधालयमा एकलौटी सम्झौता गर्न को निम्ति यो विद्यालय कस्को निजि हो ?
४)विधार्थीको जीवन भन्दा पनि सरकारी तलब पचाएर पनि दाहसस्कारले दिएको पैसामा लोभ गर्दा मन कसरी मान्यो ?
कि पैसा नलिकन सेवा गरिसिएको हो महोदय ?
५) कुनै पनि नाबालक लाई यो कार्य ले केही पनि हुन पुग्यो भने जिम्मेवार को?
महोदय पैसा मा होइन विधार्थी को जीवनमा बिक्न सिक्नु
त्यसै बिधालयमा कार्यरत कार्यलय सहयोगी ले ५ बर्ष बाट त्यस विद्यालय को चमेना गृह सन्चालन गरि आएका छन र सडक तर्फ को भित्ता खोलेर व्यपार गर्छु भन्दा बिधालयले स्विकार गरेन र विद्यालय को सम्पत्ति फोड्न मिल्दैन नियम बिपरित हुन्छ भनी जवाफ पाए , तर चासो को विषय काे भन्दा यो दाउरा राख्न पनि विद्यालय को पर्खालत फोड्नु पर्यो नि यसमा विषय के भन्दा ठुला मान्छे ले भन्दा नियम नलाग्ने( पर्खाल फोड्नु सम्बन्धि ) तर एउटा गरिब ले भन्दा नियम लाग्ने विधालयले गर्न खोजेको के?