
विप्लव निकट क्रान्तिकारी विधार्थीले चितवनका शैक्षिक संस्थामा राख्याे कालाे व्यानर के हाे कारण हेर्नुस



सङ्गठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषय र शुल्क वृद्धिकाे पनि खारेजी माग गर्दै चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत ब्यानर राखिएकाे हाे । अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ढकालको रिहाइको लागि सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । भट्टले बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।
यसै कार्यक्रम सँग सँगै चितवनका शैक्षिक संसथामा भएकाे शुल्क वृद्धिकाे पनि खारेजीकाे माग गर्दै चितवनमा चरण बद्ध संघर्षकाे कार्यक्रम हरू शुरू गरिएकाे अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिका अध्यक्ष रमेश लामिछानेले बताएका छन । चितवनका शैक्षिक संस्थाले शुल्क वृद्धि खारेज नगरे जस्ताे सुकै संघर्षकाे कार्यक्रम गर्न तयार रहेकाे लामिछानेले चेतावनी दिएकाे छन।
यसअघि ११ विद्यार्थी सङ्गठनहरुले पनि ढकालको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको थियो । रिहाइ नगरे देशव्यपी सङ्घर्षका कार्यक्रम घोषणा गर्ने ११ विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्तिमार्फत बताएका छन् ।



शुक्रबार प्रहरीले पत्रकार सम्मेलनबाटै सङ्गठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको थियो । सरकारले नेपाल कम्युनिस्ट पार्टी (विप्लब) पार्टि माथि प्रतिबन्ध लगाए पछि पार्टि सँग सम्बन्ध राख्ने सबैलाइ निगरानि तथा गिरफ्तार गरिरहेकाे छ ।