skip this
  • फिचर

    महाबहस:मा प्रचण्ड

  • काठमाडौं, जेठ ३ । नेकपा अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्न नयाँ रणनीतिक कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।

    पूर्व नेकपा एमालेभित्र मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद नै पार्टीको कार्यदिशा भएको अभिव्यक्ति केही नेताले दिइरहेको बेला प्रचण्डले भने मदन भण्डारीका विचारलाई समेत नयाँ परिस्थिति अनुरुप विकसित गर्नुपर्ने बताएका हुन ।

    मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै प्रचण्डले वैचारिक महाबसहको सिर्जना गरेर महाधिवेशनबाट नयाँ विचार निर्माण हुने विश्वास व्यक्त गरे ।

    ‘आज हामी कमरेड मदन भण्डारीलाई सम्मान गर्न उपस्थित भएका छौं । प्रचण्डले भने, “यो अवस्थामा हामीले गम्भीर समीक्षा गर्नु जररी छ । ” प्रचण्डले भने, “हामीले कमरेड मदनले जे–जे भन्नुभयो त्यही दोहोर्‍याउने हो कि, उहाँले विकास गरेका विचारमा टेकेर अझ अगाडि जाने रु मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्ने हो । पुराना कुरा दोहोर्‍याएरमात्र बसिरहनु भएन ।”

    दुई फरक विचार बोकेका कम्युनिष्ट पार्टीबीचको एकता सामान्य परिघटान नभएको बताउँदै आएका प्रचण्डले एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौं शताब्दीको जनवादको संश्लेषण हुनुपर्ने बताए ।

    प्रचण्डले एमालेको तत्कालीन नवौं महाधिवेशनले समाजवाद भने पनि ततत्कालीन माओवादीले पनि समाजवादमा जाने भने पनि अहिले नै समाजवाद स्थापना भइहाल्ने स्थिति बनिनसकेको बताए । उनले समाजवाद नेकपाको रणनीति भए पनि तत्कालको कार्यक्रम जनताको जनवाद नै रहेको बताए ।

    मदन भण्डारीले विचारको आँधीहुरी ल्याएको बताउँदै प्रचण्डले उनीबाट शिक्षा लिएर पार्टी एकता भएको बताए । पुरानै कुरामा अडेर हुँदैन नयाँ विचार ल्याउने आँट गर्नुपर्छ भन्ने शिक्षा मदन भण्डारीबाट लिएर पार्टी एकता गरेको उनको भनाई थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु